• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सेक्युरिटी मजदूर संघ दाङको अध्यक्षमा ओली




घोराही, ६ साउन । अखिल नेपाल सेक्युरिटी मजदूर संघ दाङको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ ।

टिकाराम वलीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य नारायणी शर्माको प्रमुख आतिथ्यता एवम् अखिल नेपाल सेक्युरिटी मजदुर संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पान्डे र अखिल नेपाल टेडयुनियन महासंघ दाङ जिल्ला अध्यक्ष सुमन रोका मगरको विशिष्ट आतिथ्यतामा भेला भएको हो ।

भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघ दाङ जिल्ला उपाध्यक्ष दिपक बि.क र सेक्युरिटी मजदुर संघको लुम्बिनी प्रदेश सचिव श्रीधर गिरीको आतिथ्यतामा बसी ११ सदस्यीय जिल्ला कमिटी निर्माण गर्दै सेक्युरिटी मजदुरको पक्षमा महत्त्वपूर्ण निर्णय गर्दै अखिल नेपाल सेक्युरिटी मजदुर संगठनको भेला सम्पन्न भएको छ ।

तेस्राे भेलाबाट निर्वाचित अध्यक्ष टिकाराम ओली ,उपाध्यक्ष नारायण डाँगी , सचिव यज्ञ बहादुर वलि , सहसचिव कुल बहादुर खड्का , काेषाध्यक्ष मुन बहादुर मगर,सदस्यहरुमा बसन्त गिरी लगायतका ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।

Facebook Comments