• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ६ वटा चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ




दाङ, ६ साउन । दाङमा ६ वटा चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार बिभिन्न स्थानबाट ६ वटा चोरीका मोटरसाइकल बरामद गरिएको हो । ती मोटरसाईकलसहित तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी १८ बर्षी बादल नेपाली, तुलसीपुर १९ छिल्लीकोट घर भइ हाल घोराही ११ बस्ने २१ बर्षीय मदन पुन र रुन्टीगढी गाउँपालिका ९ सखी घर भइ हाल घोराही १४ बस्ने ३० बर्षीय भानुभक्त बाठालाई पक्राउ गरिएको हो ।No description available.

उनीहरुको साथबाट लु ३७ प ८३४३, रा ६ प ४१५४, रा २ प ९३४४, लु ६० प ३४९१, रा ६ प ४३०१ र रा ६ प ३३८८ नम्बरको मोटरसाईकल बरामद गरिएको हो । मोटरसाईकल चोरीका घटनाहरु बढेपछि जिल्ला प्रहरी कार्यालय दाङले छुट्टै प्रहरी बिशेष अप्रेसन टोली गठन गरि अनुसन्धान गरेको थियो । उनीहरुले जिल्लाका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गरेको पाईएको प्रहरीले बताएको छ ।

उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि (संहिता)२०७४ अनुसार ३ बर्ष कैद र ३० हजार रुपैँयासम्म जरिवाना हुन सक्ने कानुनी प्राबधान रहेको छ ।

Facebook Comments