घोराही, ६ साउन । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले महत्त्वपूर्ण निर्णय गर्दै आफ्नो बैठक सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा हिजो बिहीबार घोराहीमा बसेको बैठकले ६ वटा महत्त्वपूर्ण निर्णयहरु गरेको हो ।
राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य आज एक प्रेस विज्ञप्ति जारी गर्दै बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् ।
यस्ता छन्, बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरु :
१. हाम्रो पार्टीले बिगत लामो समयदेखि संघीयताको बिरोध गर्दै आइरहेको छ । अहिले आम जनताले हाम्रो पार्टीको धारणा बुझ्दै गएको देखिन्छ । एमसिसी , एसपिपी र नागरिकता विधयक लगायतका राष्ट्रघाती कदमले राष्ट्रियता कमजोर बनदैछ । त्यसैले हाम्रो पार्टीले यहि साउन १५ देखि असोज मसन्ता सम्म संघीयताको खारेजी र राष्ट्रियताको रक्षा को लागि संगठन सुदृढ तथा बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत साउन मसन्ता भित्र सबै पालीकाको बैठक बस्ने । भाद्र १ देखि १५ सम्म जिल्लाका सबै वडा समितिको बैठक बस्ने । भाद्र १६ देखि मसन्ता सम्म सम्पुर्ण टोलहरुको भेला गरि समिती बनाउने र असोज महिना भरी जनभेटघाट कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।
२. बर्षाको मौसम सुरु भएकोले विभिन्न प्राकृतिक प्रकोपहरु हुन सक्ने कुरालाइ ध्यानमा राखी सतर्क हुन जिल्लाबासीलाइ अपिल गर्नुका साथै त्यस्ता प्रकोपमा उद्दारमा खटिन सम्पुर्ण कार्यकर्तालाइ निर्देशन गर्ने निर्णय गरियो ।
३. बैठकले दैनिक उपभोग्य बस्तुमा भएको
मूल्य वृद्धि फिर्ता गर्न र रासायनिक मलको तत्काल ब्यबस्था गर्न माग गर्ने निर्णय गरेको छ ।
४.साबिक बेला र राजपुर को ठूलो भुभागको सिंचाइ हुने गरि दङगाली छाप सिंचाइ कुलो योजना अगाडी बढाउन पार्टीले पहल लिने निर्णय भएको छ ।
५. पार्टी बिरोधि गतिविधिमा लागेका कारण जिल्ला सदस्य तुल बहादुर योगी, सारदा चौधरी र डिलाराम बुढाथोकी लाई पार्टी बाट निस्कासन गर्ने निर्णय गरियो ।
६. रिक्त रहेका जिल्ला समिति सदस्यहरुमा कामरेड बिरबहादुर चौधरी , दुर्गाप्रसाद भण्डारी , चम्फा भुसाल र सीता पौडेल लाई पदपूर्ति गरियो ।
गणेश आचार्य
अध्यक्ष प्रेस विज्ञप्ति
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।