• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरी बजारमा सुकुम्बासी छैनन् : अध्यक्ष पुन




होलेरी, ६ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले होलेरी बजारमा बस्ने मानिसहरु सुकुम्बासी नभएको बताएका छन् । सब- डिभिजन वन कार्यालय होलेरीले बिहीबार  आयोजना गरेको होलेरीमा वन अतिक्रमण पहिचान तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।No description available.

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पालिकाका अध्यक्ष पुनले होलेरी बजारमा धेरै मानिसहरु बस्ने गरेको बताए । बजारमा बस्ने जो मानिसहरू सुगमबासी र हुकुमबासी छन् ,तर सुकुम्बासी छैनन् उनले भने । सुकुम्बासी नभएपनि उनीहरुको कहि कतै उचित व्यवस्थापन हुनुपर्छ र गरिनुपर्छ त्यसका लागि भूमि आयोगले हेर्ने अधिकार छ, तर पालिकासँग त्यो हैसियत नभएतापनि उनीहरूको बस्ने बास तथा खाने गाँसका लागि आफूले गम्भीर ढंगले सोचेको बताए ।No description available.

होलेरी बजारमा जग्गा अतिक्रमण गरि बनाइएका घरटहराको बारेमा बेला बखत सुनामी छाल आएको जस्तो आभास भइरहेको उनको धारणा रहेको छ । वन तथा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बनाइएका टहरा सब – डिभिजन बन कार्यालय होलेरीले गरेको काम नियम संगत गरेको र कानुनले जो कोहीलाई पनि नछाड्ने अध्यक्ष पुन जिकिर गरे । होलेरीमा वन क्षेत्र बाहेक ३ वटा जग्गा रहेको र त्यो अतिक्रमित जग्गा कुन कस्को हो भनेर अहिले अमिनले छुट्याउने काम भइरहेको हुँदा उक्त जग्गा छुट्याइएपछि ती अतिक्रमण गरि बनाइएका घरटहराहरुको बारेमा आगामी कार्यपालिकाले निर्णय गर्ने र त्यो निर्णय कार्यान्वयन गर्न सबैको साथ र सहयोग रहनुपर्ने उनको भनाइ छ ।No description available.

त्यस्तै सब- डिभिजन वन कार्यालय होलेरी रोल्पाका प्रमुख गौतम ख्यालापालाले वन अतिक्रमण सबै ठाउँमा हुने गरेको बताए । उनले वन अतिक्रमण गरि टहरा बनाउने याम बहादुर विक र लालबहादुर विकको टहरा हटाइएको उनले जानकारी दिए ।

कानुनले कुनैपनि धनी र गरीब भनेर नचिन्ने र नियम बिपरित काम गर्ने जो कोही कानुनको दायरामा आउनुपर्ने उनको धारणा छ । अबदेखि होलेरी बजारमा वन क्षेत्र र सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बनेका सबै घरटहराहरु हटाउनुपर्ने र त्यसका लागि सबैको साथ सहयोग हुनुपर्नेमा र त्यो काम अमिनको प्रतिवेदन अनुसार अगाडि बढ्ने प्रमुख ख्यालापालको भनाइ छ ।No description available.

त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष तथा वन महासंघ रुन्टीगढीका अध्यक्ष घनबहादुर घर्तीले वन अतिक्रमण देशभर समस्या भएको बताए । उनले जग्गा अतिक्रमणका समस्या के हो भन्ने कुराको पहिचान गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।

कुनैपनि जग्गा अतिक्रमण सबैभन्दा सहरमा हुने र ती अतिक्रमीत जग्गालाई सामूहिक व्यवस्थापन गर्नुपर्नेतिर अगाडि बढ्न नसकेमा यो समस्या कालान्तरसम्म्म रहने र सहर क्रुप हुने भएको हुँदा दीर्घकालीन समाधान खोज्नतिर सबै जना एकजुट हुनुपर्ने अध्यक्ष घर्तीको भनाइ छ ।No description available.

 

होलेरी बजार व्यवस्थापन समितिका अध्यक्ष होम यरीले वनको जग्गा अतिक्रमण गर्नेलाई नियन्त्रण गर्ने कार्य स्वागतयोग्य भएको तर विभेदकारी निर्णय सही नभएको बताए । उनले होलेरी बजारमा वन, ऎलानी तथा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका सबै घरटहराहरु समान रुपले हटाइनुपर्नेमा जोड दिए ।No description available.

सब- डिभिजन वन कार्यालय होलेरी रोल्पाका प्रमुख गौतम ख्यालापाला एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु, नेकपा एमाले रुन्टीगढी गाउँपालिका अध्यक्ष गोपाल डाँगी, नेपाली कांग्रेस रुन्टीगढीका प्रतिनिधि नारायण लामिछाने, नेकपा माओवादी केन्द्र रुन्टीगढीका देबेन्द्र परियार, एकीकृत समाजवादी रुन्टीगढीका प्रतिनिधि डिलबहादुर खड्का , इप्रका होलेरी प्रमुख मधुसूदन विक,पत्रकार, सामुदायिक वनका पदाधिकारी लगायको उपस्थिति रहेको थियो ।

वन रक्षक नन्दबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सब- डिभिजन वन कार्यालय होलेरीका फोरेष्टर खुमबहादुर सार्कीले गरेका थिए ।

Facebook Comments