• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेमसंघ क्रान्तिकारी लुम्बिनीले डेढ लाख सदस्य बिस्तार गर्ने




अखिल नेपाल महिला संघ (क्रान्तिकारी)लुम्बिनी प्रदेश समितिले प्रदेशभरि डेढ लाख सदस्यता विस्तार गर्ने भएको छ ।

समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
संघका केन्द्रीय अध्यक्ष अमृता थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी कार्तिकमा हुने प्रदेश सम्मेलनलाई लक्षित गरेर सदस्यता विस्तारको अभियान थाल्ने निर्णय गरेको छ । सोही क्रममा बिज अभियानको दोस्रो कार्यक्रम पनि उद्घाटन गरिएको छ ।

बैठकले स्थानीय तहवाट भर्खरै निर्वाचित प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख उपप्रमुखहरुलाई बधाइ पनि ज्ञापन गरेको छ ।

बैठकले जिल्ला समन्वय समितिको भेला तथा गाउँ, नगरपालिका र वा समितिको सम्मेलन गरी संगठन सुदृढ तथा विस्तार गर्ने निर्णय गरेको छ ।

Facebook Comments