रुकुम पूर्ब भुमे गाउँपालिका वर्डा न १ लुकुम गाउँमा झाँक्री नाच मेला लागेको छ । झाक्री गाउँको नामले समेत चिनिने लुकुम गाउँमा परम्परादेखि हरेक बर्ष साउन पहिलो हप्ताको कुनै एकदिन झाँक्री नाँच मेला लाग्ने गरेको छ । बर्षात शुरु भएसँगै गाउँमा भुतप्रेत नआओस भन्ने मनोकांक्षासहित झाक्री नाच नाच्ने तथा सिस्नो खेल्ने चलन छ । आदिवासी मगर समुदायले परापूर्वक कालदेखि धामी झाँक्रीलाई घरेलु स्वास्थ्य उपचार तथा मनोवैज्ञानिक उपचारको बिधि बनाउँदै आएको छ ।
तस्विरहरुः कुलदीप न्यौपाने
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।