दाङ–राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय प्रजातान्त्रिक युुवा संगठनको दाङको संयोजकमा यादव श्रेष्ठ मनोनित गरेको छ । पार्टीको बुधावर श्रेष्ठलाई संगठनको जिल्ला संयोजकमा मनोनित गरेको हो । राजनीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्यको जिम्मेवारी रहदै आइरहनुभएको थियो । नेकपा एमालेको भातृ संगठन आदिबासी जनजाती महासंघ दाङक ो सचिवको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएका श्रेष्ठ
नेकपा एमाले को १४औ अधिबेशन पश्चात्त पार्टी नेतृत्वसँग असन्तुष्ट भई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । राप्रपाका महामनत्री धवल शमशेर राणा श्रेष्ठलाई पार्टी प्रवेश गराउनुभएको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।