• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिक्टोरिया ट्यूसन सेन्टरका विद्यार्थीलाई विदाई 




श्रवण कुमार यादव
घोराही, ४ साउन । भिक्टोरिया ट्यूसन सेन्टर घोराही दाङकाे आयोजनामा आफ्टर एसईई ब्रिज कोर्षकाे तयारी गरिरहेका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ ।

भिक्टोरिया ट्यूसन सेन्टरकाे आयोजनामा सम्पन्न कार्यक्रममा ब्रिज कोर्षकाे तयारीमा अध्ययनरत विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ नतिजा पछिको इन्ट्रान्सका लागि सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै आगामी दिनमा सोचेको सपना पुरा होस् भनि खागा र टिका सहित मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मायाको चिनो ग्रहण गर्दै ब्रिज कोर्षका विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस संस्था प्रति सदैव माया रहीरहने बताएका थिए । आफु सोचे भन्दा बढीकाे सेवा सुविधा पाएको बताएका छन्। आगामी दिनमा पनि यस संस्था प्रति विश्वास र आस्थका साथ आफूहरु प्रति साथ सहयोग काे अपेक्षा गरेका छन्।

कम्प्युटर शिक्षक श्रवण कुमार यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन यसै भिक्टोरिया ट्यूसन सेन्टरका कोर्डिनेटर सत्यपाल यादवले गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुद्धरा सास्कृतीक कार्यक्रम समेत गरिएको थियो ।

Facebook Comments