• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बसको ठक्करबाट दाङका ३० वर्षीय केसीको मृत्यु




दाङ, ४ साउन । कपिलवस्तुमा बसको ठक्करबाट दाङका एक व्यक्तिको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३० वर्षीय सुशील केसीको निधन भएको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिएका छन् ।

बसले मोटरसाईकललाई ठक्कर दिदा गम्भिर घाइते भएका केसीकोे उपचारको क्रममा तौलिया अस्पतालमा मृत्यु भएको हो । मृतक केसीको बहिनी घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा पछाडी सवार मृतक केसीको बहिनी १७ बर्षकी कुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ । बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना ५ ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका ९ चम्पापुरमा रा ७ प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठक्कर दिएको प्रहरीले बताएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा मोटरसाईकलमा दाङको तुलसीपुरबाट काठमाडौ जाँदै गरेका थिए ।

 

Facebook Comments