• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिएन स्कूलका विद्यार्थीले सिकाउँदै ट्राफिक नियम (फिटो फिचर )




घोराही, ४ साउन । दाङ घोराही -१५ मा रहेको भिएन स्कूल तथा कलेजका विद्यार्थीहरुले ट्राफिक सचेतना कार्यक्रम गरेका छन् । विद्यार्थीहरुले आज बुधाबार घोराहीमा रहेको भानुचोकमा सो कार्यक्रम गरेका हुन् ।No description available.

जिल्ला ट्राफिक कार्यालय दाङका इञ्चार्ज झबिन्द्र परियारको नेतृत्वमा सडकमा पुगेका उक्त विद्यालयका विद्यार्थीहरुले सडकमा हिड्ने पैदलयात्रीहरुलाई ट्राफिक नियमहरु सिकाएका थिए ।No description available.

जिल्ला ट्राफिक कार्यालय दाङका इञ्चार्ज झबिन्द्र परियारले ट्राफिक सचेतनाको माध्यबाट सडकमा हुने दुर्घटना न्यूनिकरण गर्ने उद्देश्य रहेको बताए । उनले ट्राफिक सचेतना सम्बन्धी हिजो मंगलबार नै विद्यार्थीहरुलाई प्रशिक्षण दिई सकेको हुँदा आज सडक आएको स्पष्ट पारे ।No description available.

ट्राफिक सचेतना कार्यक्रम विद्यार्थीहरुबाटै गरे विद्यार्थीहरुले सिकेका कुरा आ–आफ्नै समुदायसम्म सहजै रुपमा फैलाउने भएको हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सकिने र त्यसबाट कार्यक्रम थप प्रभावकारी बन्ने हुँदा विद्यार्थीहरुबाटै सो कार्यक्रम गरेको इञ्चार्ज परियारको भनाइ छ ।No description available.

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालले विद्यार्थीहरुलाई पढाईसँगै व्यावहारितामा जोडेको बताए । उनले सडकमा हुने दुर्घटनाको बारेमा विद्यार्थीहरुले किताबी ज्ञान पाएपनि प्रयोगात्मक अभ्यास नहुँदा सिकाइ प्रभावकारी नदेखिएको भन्दै विद्यार्थीलाई फिल्डमै लगेर अभ्यासमा जोडेको जानकारी दिए ।No description available.

घोराहीको व्यस्त चोक तुलसीपुर चोकमा विद्यार्थीहरुलाई समूह समूहमा विभाजन गरी सडक हिड्ने पैदलयात्रीहरुलाई ट्राफिक नियमहरु सिकाउने काम भएको थियो ।No description available.

विद्यार्थीहरुले आफूले सिकेका ट्राफिक नियमहरु आत्मसाथ गर्दै बजारमा हिड्ने यात्रीहरुलाई जेब्रिक्रसिङबाट हिड्नुपर्ने लगायतका नियमहरु सिकाउने गरका थिए ।No description available.

विद्यालयको प्रांगनबाट शुरु भएको ट्राफिक सचेतना सम्बन्धीे कार्यक्रमको ¥याली बजारका मुख्यमुख्य चोकहरुमा परिक्रमा गरेको थियो ।

(फिटो फिचर )

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

 

 

Facebook Comments