• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा किन भत्काइयो सुकुम्बासीको टहरा ?




बिरेन्द्र घर्ती
होलेरी, ३ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरी रोल्पामा एक सुकुम्बासीको टहरा भत्काइएको छ । वनको जग्गा अतिक्रमण गरी टहरा बनाएको भन्दै आज मंगलबार सव-डिभिजन वन कार्यालय होलेरी,सामुदायिक वन उपोभोक्ता समिति जस्पुर ,इप्रका प्रहरी कार्यालय होलेरी रोल्पाको संयुक्त सहकार्यमा  सो टहरा भत्काइएको हो ।

वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर जो कोहीले घरटहरा बनाउन नपाइने भएतापनि होलेरी क्षेत्रमा बढ्दो अव्यवस्थित सहरीकरणले गर्दा वन, विद्यालय तथा सार्वजनिक जग्गाहरुमा अतिक्रमण गरेर घरटहरा बनाउनेको लहर चल्दै आइरहेको छ ।

उक्त बजार क्षेत्रमा पर्ने एलानी जग्गा , विद्यालयको सार्वजनिक जग्गा , सडक डिभिजन र सामुदायिक वन अतिक्रमण गरि सयौं व्यक्तिले घर टहरा बनाएका छन् , तर सव डिभिजन होलेरीले भने अन्य जग्गाहरु आफ्नो मातहतमा नरहने बताएको छ ।

स्थानीय बासी भने सबैलाई स-सम्मान हुनुपर्ने र एक सुकुम्बासीको टहरा हटाउन नहुने भन्दै आक्रोशित भएका थिए । उक्त सुकुम्बासीको टहरा हटाउदा सुकुम्बासी भने रुदै टहरा बचाइदिन आग्रह गर्दै थिए श्रीमती बेहोस अबस्थामा ढलेकी थिइन् । तर कसैले वास्था गरेन भने उक्त टहरा बनाउदा एक लाख पचास हजार लगानी लागेको उक्त सुकुम्बासीले बताएका छन् ।

उनीहरुको परिवारमा श्रीमान , श्रीमती बाहेक कोहि नरहेको र श्रीमतिले आफ्नो दुबै मृगौला फेल समेत भएको बताएकी छिन्।

 

Facebook Comments