• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जोरपाटीमा बोरिङ खनेको ठाउँबाट निस्कियो ग्यास




काठमाडौं, ३ साउन । काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ । जमिनमुनिबाट निस्केको लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्‍याएको छ । त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा परेका छन् ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

Facebook Comments