• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिरोले अबरुद्ध भएको दाङ-सल्यान सडक खण्ड खुल्यो




रोशन क्षेत्री
सल्यान, ३ साउन । निरन्तर अविरल वर्षादसँगै आएको पहिरोले अबरुद्ध भएको राप्ती राजमार्ग अन्तर्गत दाङ- सल्यान सडक खण्ड सुचारु भएको छ । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका -३ चोरखोलास्थित राप्ती राजमार्गमा खसेको पहिरो हटाएसँगै अबरुद्ध भएको सडक अहिले खुलेको हो ।No description available.

सडक सुचारु भएसँगै लामो समयदेखि जाममा रहेका छोटो तथा लामो दुरीका सवारी साधनहरु आ-आफ्नै गन्तव्यतिर चल्न शुरु गरेका छन् ।

नेपाल प्रहरी सडक डिभिजन तथा स्थानीय निकायको पहलमा सडक खोल्ने कार्य भएको हो ।

सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित राप्ती राजमार्गमा हिजो रातिको अबिरल बर्षादका कारण पहिरो जाँदा सोमबार रातीदेखि नै सडक अबरुद्ध भएको थियोे ।

Facebook Comments