रोशन क्षेत्री
सल्यान, ३ साउन । निरन्तर अविरल वर्षादसँगै आएको पहिरोले अबरुद्ध भएको राप्ती राजमार्ग अन्तर्गत दाङ- सल्यान सडक खण्ड सुचारु भएको छ । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका -३ चोरखोलास्थित राप्ती राजमार्गमा खसेको पहिरो हटाएसँगै अबरुद्ध भएको सडक अहिले खुलेको हो ।
सडक सुचारु भएसँगै लामो समयदेखि जाममा रहेका छोटो तथा लामो दुरीका सवारी साधनहरु आ-आफ्नै गन्तव्यतिर चल्न शुरु गरेका छन् ।
नेपाल प्रहरी सडक डिभिजन तथा स्थानीय निकायको पहलमा सडक खोल्ने कार्य भएको हो ।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित राप्ती राजमार्गमा हिजो रातिको अबिरल बर्षादका कारण पहिरो जाँदा सोमबार रातीदेखि नै सडक अबरुद्ध भएको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।