• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाको डुब्रिङमा नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन




चेतमान बाँठा
होलेरी, २ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. – ६ डुब्रिङमा रहेको नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । आज सोमबार एक कार्यक्रमका बीच सो भवन उद्घाटन गरिएको हो ।No description available.
No description available.

उक्त अवसरमा गाउँपालिका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थको पहुँच नपुगेका स्थानीयहरुसम्म स्वास्थ सेवाको पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नदिन हरेक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गर्ने बताउनु भयो ।No description available.

गाउँपालिका अध्यक्ष जनक पुन र निवर्तमान अध्यक्ष बालाराम बुढाले कार्यक्रममा भवन निर्माणका जग्गादान गर्ने तारा बहादुर घर्ती र तारादेबि घर्तीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ५ रोपनी जमिनमा रु १ करोड ५५ लाख लागतमा दुई तले भवन निर्माण भएको छ ।

नयाँ पक्की भवन बनेपछि स्वास्थ्यकर्मीहरु हर्षित भएका छन् । अब स्वास्थ्य कार्यालयबाट हुने सम्पूर्ण कामकाजमा पनि सहजता आउने उनीहरुले विश्वास दिलाएका छन् ।No description available.

वडा नं. ६ का वडा अध्यक्ष घनबहादुर घर्तीको सभाअध्यक्ष सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, विशिष्ट अतिथिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भट्टराई, ईप्रका होलेरीका प्रमुख मधुसूदन बिक, पालिकाका निवर्तमान अध्यक्ष बालाराम बुढा, नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशका सदस्य गोबिन्द पुन, गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेश बुढा, होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज बुद्धि सेजुवाल , अतिथिहरुमा वडा नं. २ का वडा अध्यक्ष भिउलाल पुन, वडा नं. ३ का वडा अध्यक्ष गणेश गिरी, वडा नं. ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगी, वडा नं. ७ का वडा अध्यक्ष टेकलाल पुन, वडा नं. ८ का वडा अध्यक्ष तुल्सी घर्ती , बिद्यालय व्यवस्थापन अध्यक्ष , बिद्यालय प्रअ , पत्रकार , आमा समुह , युवा समुह, स्थानीय नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments