• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा बसपार्क सञ्चालन गर्ने तयारी




मदन वि.सी
रुकुमकोट, २ साउन । रुकुम पूर्वमा बसपार्क सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जिल्ला सदरमुकाम स्थित काजिन्द्रामा रहेको बसपार्कलाई सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।No description available.

सदरमुकामको पार्किङ समस्यालाई व्यवस्थित बनाउन सिस्ने गाउँपालिकाले दुई आर्थिक वर्षको बजेटबाट बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भए पश्चात २०७७ असोज २१ मा प्रतिनिधिसभा सदस्य कमला रोकाले बसपार्कको उद्धघाटन समेत गर्नुभएको थियो । तर अहिलेसम्म बसपार्क सञ्चालनमा आउन सकेको छैन । बजार क्षेत्रदेखि बसपार्क केहि टाढाको दुरिमा छ । जसका कारण यातायात व्यवसायीले टिकेट काउन्टर बसपार्क लैजान सकेका छैनन । सम्बन्धित निकायले पनि काडाईका साथ पहल लिन नसक्दा निर्माण गरिएको बसपार्कमा झाडि भरिएको छ ।No description available.

दुई वर्षसम्म प्रयोग विहिन भएको बसपार्क यहि ७ गतेबाट सञ्चालनमा ल्याउने तयारी गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । वसपार्क सञ्चालनमा ल्याउन प्रशासन र स्थानीय सरकारले आवश्यक कदम चालिरहेको उहाँले बताउनुभयो ।

केहि दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा सिस्ने सरकारका प्रतिनिधि, जिल्ला समन्वय समिति, होटेल व्यवसायी संघ, यातायात व्यवसायी र विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको बैठकले साउन ७ गतेसम्म बसपार्क सञ्चालनमा ल्याउने सहमति गरेको थियो ।
उक्त सहमति अनुसार बसपार्कमा सरसफाईको काम पनि गरिएको छ । अव्यवस्थित पार्किङले निम्त्याउने जोखिमलाई मध्यनजर गर्दै तत्काल बसपार्क सञ्चालनमा ल्याउन आवश्यक तयारी जारी राखिएको उपाध्यक्ष गोपाल रेउलेले बताउनु भएको छ ।No description available.

बसपार्क निर्माण भएपनि प्रयोगमा नआउदा अहिले छिप्रीदह, कमलदह र चोकबजारका दाया बायातिर साना ठुला गाडी पार्किङ हुदैँ आएका छन । विच बजारमा हुने गाडि पार्किङले दुर्घटनाको जोखिम पनि बढेको छ । बजारको विचमा रोकि राखेका साना ठुला यातायातका साधनले अगाडीको भिजिविलेटि कम हुने हुदाँ दुर्घटनाको जोखिम उच्च रहेको नागरिकले बताएका छन ।

Facebook Comments