• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोटमा रुक्मेणीका ८ डस्टविन




मदन वि.सी

रुकुमकोट, १ साउन / रुकुम पूर्वको रुकुमकोटका विभिन्न क्षेत्रमा ८ डस्टविन राखिएको छ । पछिल्लो समय भइरहेको फोहोर व्यवस्थापन गर्न रुक्मेणी बचत तथा ऋण सहकारीले आज डस्टविन राखेको हो ।No description available.

रुकुमकोट बजार, पर्यटकीय स्थल र सरकारी कार्यालय परिसरमा सहकारीले डस्टविन राखेको छ । मान्छेको भिडभाड धेरै हुने स्थानमा सहकारीले डस्टविनको व्यवस्था गरेको सहकारीका अध्यक्ष एवम् सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले जानकारी दिनुभयो । बजार तथा पर्यटकीय स्थलमा फोहोर बढन थालेपछि त्यसको व्यवस्थापनको लागि डस्टविनको व्यस्था गरिएको उहाँको भनाई छ ।No description available.

सहकारीको समुदाय विकास कोषबाट ६२ हजार बराबरका डस्टविन राखिएको सहकारीका व्यवस्थापक चन्द्रबुढाथोकीले बताउनुभयो । उहाँकानुसार जिल्ला प्रशासन, रुकुम पूर्व अस्पताल, लुष्पाधारा, छिप्रिदहबजार, ५ नम्बर वडा कार्यालय र चोकबजारमा एक एक वटा फलामबाट बनाइएका डस्टविन राखिएको छ । कमलदह परिसर भित्र भन्ने दुई वटा राखिएको व्यवस्थापक बुढाथोकीले बताउनुभयो ।No description available.

कमलदह प्रवेशद्धार र शिव मन्दिर अगाडी एक एक वटा डस्टविन राखेका छौ उहाँले भन्नुयो कमलदहमा मान्छेको चहलपहल धेरै हुने हुदाँ दुई वटा राखेका हौ । डस्टविन राखिएपछि फोहोर व्यवस्थापनमा थप सजिलो हुने नागरिकको अपेक्षा छ । सहकारीले जथाभाबी फोहर नफाल्न सवैमा अनुरोध समेत गरेको छ ।No description available.

 

डस्टविन राख्ने कार्यक्रममा यूवा व्यवसायि केशब थापाले ढुवानीको सौजन्य गर्नुभएको थियो । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, सहकारीका अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष रेउले, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, सहकारीका शेयर सदस्य र युवाहरुको उपस्थितिमा डस्टविन राखिएको हो ।

Facebook Comments