• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता




भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका छन्।

नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्। भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरु र प्रचण्डपुत्री गंगा दाहालका साथै स्वकीय सचिव रमेश मल्ल पनि सहभागी थिए।

भेटपछि भाजपा अध्यक्ष नड्डाले भेटवार्ता फलदायी भएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । दुई देशबीचको सम्बन्ध विस्तारमा गहिरो छलफल भएको उनले उल्लेख गरेका छन् । ‘हामीले भारत र नेपाल बीचको सम्बन्धलाई सुदृढ र गहिरो बनाउने विषयमा फलदायी छलफल गर्यौं, विशेष गरी हाम्रो पुरानो सांस्कृतिक र जनताबीचको सम्बन्ध, पार्र्टी टू पार्टी सहयोगलाई अगाडि बढाउने विषयमा पनि छलफल भयो’– उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड नड्डाकै निमन्त्रणामा शुक्रबारदेखि भारत भ्रमणमा छन्।

यसअघि शनिबार उनीसँग भारतका विदेशमन्त्री जयशंकरलगायतले भेटवार्ता गरेका थिए।

भारत भ्रमण सकेर प्रचण्ड आइतबारै स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Facebook Comments