• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
९२ वर्षीया बयाेवृद्वाद्वारा विद्युत पाेल उदघाटन




दाङ घोराही उमनपा-१५ आदर्शटाेल र ज्याेतिपु‌ञ्जटाेलकाे बीच दीपशिखा चाेकमा निर्मित ५३ फिट अग्लो हाइमास पाेलमा जडान गरिएको ३२०० वाट क्षमताको विद्युत आज सन्ध्याकालमा उदघाटन गरिएको छ ।‌

वडा नं. का अध्यक्ष रमेशकुमार पाण्डेयकाे अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि स्थानीयवासी‌ बयाेबृद्धा कृष्णदेवि उपाध्याय देवकोटाले पावरबक्सकाे स्वीचअन गरेर उदघाटन गर्नुभयो।

कार्यक्रममा बाेल्दै अध्यक्ष पाण्डेले यस‌ले चारैतर्फ दुई दुई सय मिटरसम्म उज्यालो दिने, सीसी क्यामेरा सेवा र फ्रि वाईफाईकाे काममा समेत सहज हुने कुरा बताउँदै यस्ता बत्तिकाे अरु धेरै ठाउँमा समेत अावश्यक भएकोले यसको प्रक्रिया अगाडि बढिरहेको जानकारी गराउनु भयो ।

यसैगरी नेपाली कांग्रेस महासमिति सदस्य भूपबहादुर डाँगीले वडा नं.१५ काे १२ लाख ५० हजार रुपैयाँ बजेटबाट निर्मित यस हाइमासबाट दुर्घटना, चाेरी, बदमासी अादि घटनाहरुमा‌ न्यूनिकरण हुने आशा व्यक्त गर्नुभयो भने यस कार्यका प्राविधिक नन्दलाल परियारले‌ पनि याे हाइमासबाट हुने उपलब्धि‌ बारे बाेल्नु भएको थियो ।

कार्यक्रमकाे‌ सहजीकरण स्थानीय आदर्श टाेल विकास संस्थाका अध्यक्ष मीना विष्टले गर्नुभएको थियो।

Facebook Comments