• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अल्सर पीडित कामीलाई युवाको आर्थिक सहयोग




रुकुम पूर्व सिस्ने गाउँपालिका ५ की अल्सर पीडित मनसभा कामीलाई युवाहरुले आर्थिक सहयोग गरेका छन् । लामो समय देखि अल्सर रोगबाट पीडित कामीलाई १९ हजार पाचँ सय रुपैयाँ सहयोग गरिएको छ । रुकुमकोटका युवाहरुले नगद संकलन गरि पीडितलाई राहत स्वरुप नगद सहयोग गरेका हुन् ।

आर्थिक अवस्था निकै कमजोर भएकी कामीलाई उपचारमा केहि सहयोग पुगोस भन्ने उद्देश्यले नगद सहयोग गरिएको राहत वितरण टोलीका संयोजक विकास वि.सीले बताउनुयो । उहाँकानुसार कामी बस्ने घरमै पुगेर नगद वितरण गरिएको छ । कामीलाई केबेन्द्र गौतम र राजु रेग्मीले स्थापना गरेको विपदका लागि राहत कोषबाट सात हजार रुपैयाँ र युवाहरुले नौँ हजार रुपैया गरि १६ हजार नगद सहयोग गरिएको छ ।

राहत वितरण गर्न पुगेका युवाहरु प्रकाश कार्की, कविन्द्र कल्याण गौतम, राजु रेग्मी, केबेन्द्र गौतम, मदन वि.सी, जितेन्द बुढाथोकी, श्रीकुमार बुढाथोकी, विरबहादुर के.सी र गनेश वलीले व्यक्तिगत रुपमा एक एक हजार सहयोग गरेका छन ।

यस्तै कामीको उपचार सयोगार्थ राहत वितरण टोलिका संयोजक वि.सीले तिन हजार पाचँ सय बराबरको स्वास्थ्य विमा गरि दिनुभएको छ । जसबाट स्वास्थ्य विमा लागु भएका देशका विभिन्न अस्पतालबाट कामीले एक लाख बराबरको उपचार सेवा पाउन सक्नु हुनेछ । संयोजक वि.सीले अल्सर पिडित कामिका परिवारले कृषि विकास बैंकबाट ल्याएको ९५ हजार ऋण पछि बिसिलाई फिर्ता गर्ने गरि तिर्ने प्रतिबद्धता जनाउनु भएको छ । वि.सीको आग्रमा व्याज भने बैंकले मिना गरि सकेको छ । घरमै पुगेर राहत वितरण गर्ने युवाको टोलिलाइ कामिले खुसी हुँदै धन्यवाद दिनुभएको छ ।

५ नम्बर वडाको थाक्नामा बस्दै आएकी कामी आन्दामा भएको असल्सरबाट पीडित छिन । ४९ वर्षिय कामीले भनिन लामो समय देखि पेट दुख्ने समस्या थियो सुरुमा उपचार गर्न लाई पैसा थिएन । धेरैपछि अस्पताल पुगेर चेक गर्दा थाहा भयो अल्सर भइसकेको रहेछ । उनिले थपिन डाक्टरले अपेसन गर्नुपर्छ भनेका थिए । मसंग उपचार गर्ने पैसा भएन ऋण कारेर उपचार गर्ने स्थिति पनि छैन ।

अल्सर जस्तो गम्भिर रोग पालेर बसेकी कामीका श्रीमान छैनन । उनका १२ र १५ वर्षका दुई छोरा छन । कामीले भनिन केहि वर्ष अघि त अल्लो धागो काटेर र अर्काको काम गरेर छोराहरुको पढाइ खर्च ध्यान्दै आएको थिए । अल्सरले गर्दा अव काम गर्न सक्ने स्थिति पनि छैन घरको सवै जिम्मेवारी मेरै काधमा छ । उनले भनिन कसैले उपचारमा सहयोग गरे छोराहरुको सहारा बन्ने आश छ । राहत वितरण गर्न गएको युवा टोलीले अल्सर पीडित कामीको उपचारका लागि सकेको सहयोग गर्न सवैमा अनुरोध गरेको छ ।

Facebook Comments