• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पोख्रेलको रिट खारेज, प्रहरी प्रमुखमा धिरजप्रताप कायम




सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएको छ।

शुक्रबार सकिएको सुनुवाइपछि एआईजीपी विश्वराज पोखरेल र अवकाशमा गइसकेका तीन डीआईजीको पनि रिट खारेजको निर्णय लिएको हो।

पोखरेलसहित अवकाशमा गएका तीन डीआईजीको पनि रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रहरी महानिरीक्षकमा धीरज प्रताप सिंहको नियुक्तिमा उठाइएका सबै प्रश्नको पनि औचित्य सकिएको छ।

शुक्रबार रिट निवेदक पोखरेलको तर्फबाट अधिवक्ताहरूले जवाफी बहस गरेका थिए। सुनुवाइ सकिएपछि सर्वोच्चले यो मुद्दामा फैसला दिएको हो।

यो मुद्दामा गत जेठ ३० गते अन्तिम सुनुवाइ सुरु भएको थियो। निवेदकले दुई दिन र प्रतिवादीले दुई दिन बहस गरेपछि निवेदकका तर्फबाट जवाफी बहससँगै सुनुवाइ टुंगिएको थियो।

Facebook Comments