• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय स्वाधीनताका लागि क्रान्तिकारी शक्ति बलियो बन्नुपर्ने : महरा




नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनता बलियो बनाउन क्रान्तिकारी शक्ति बलियो बन्नुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र दाङ निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको अगुवा कार्यकर्तासितको अन्तर्कृयामा उहाँले पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा बिदेशी प्रभुत्व बढ्दै गएको र स्वाधीनताको रक्षा क्रान्तिकारी शक्तिले मात्रै गर्नसक्ने भएकोले क्रान्तिकारी शक्ति बलियो हुनुपर्ने बताउनुभयो ।

गत स्थानीय निर्वाचनमा धेरै ठाउँमा गठबन्धन बलियो नहुदा चुनाव हारिएको उल्लेख गर्दै उहाँले घोराही हारे पनि दाङका अन्य तीन पालिका जित्नु प्रगति भएको बताउनुभयो ।

घोराहीमा मात्रै १० हजार मत बदर हुनु दु:खद भएको बताउदै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसक्नु कमजोरीको रुपमा रहेको बताउनुभयो ।माओवादीप्रतिको जनमत बढिरहेको भन्दै उहाँले आगामी निर्वाचन जित्ने गरी योजना बनाइने जानकारी दिनुभयो ।

आफ्नो पार्टीको लक्ष्य समाजवाद भएकोले समाजवादी क्रान्तिबाट कोही पनि बिचलित हुन नहुने उहाँले बताउनुभयो ।

निर्वाचन क्षेत्र इन्चार्ज हरिमान पुनको अध्यक्षतामा भएको कार्यक्रम सन्चालन सचिव राजबहादुर परियारले गर्नुभएको थियो ।

Facebook Comments