घोराही, २९ असार । दाङको घोराही– १५ रहेको भिएन स्कूलका विद्यार्थीहरुले शिक्षक तथा शिक्षिकाहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । विद्यार्थीहरुले आज गुरु पूर्णिमाको असरमा विद्यालयमा एक कार्यक्रम आयोजना गरी सो सम्मान कार्यक्रम सम्पन्न गरेका हुन् ।
विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा शिक्षक तथा शिक्षिकालाई खादा र टिका लगाएर स्वागत र सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै विद्यार्थीहरुले गुरु भनेको ज्ञानको ज्योति प्रदान गर्ने र आफूहरुले सधै गुरुबाट प्राप्त गरेका ज्ञानलाई आत्मसाथ गर्ने तथा सदैव विद्यार्थीमा अनुशासन हुनुपर्ने बताएका थिए ।
विद्यालयमा अध्ययनरत कक्षा १० का छात्र सशांक डिसीको अध्यक्षता एवं विद्यलायका शेयर सदस्य इन्द्रबहादुर डिसीको प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमा विद्यालयका प्रध्यानाध्यापक रामजनम चौधरी, विद्यालयकी सह–प्रध्यानाध्यापक शारदा बहकरी,लगायत विद्यालयका शिक्षक÷शिक्षिका,कर्मचारी र विद्यालर्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरुले कार्यक्रमलाई थप आर्कषण बनाउनका लागि एकल तथा सामूहित नृत्यहरु प्रस्तुत गरेका थिए ।
कक्षा १० मा अध्ययरत छात्रा आकृति वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कक्षा १० मा अध्ययनरत छात्रा करिना क्षेत्री र कक्षा ८ मा अध्ययनरत छात्र प्रनिल गुरुङले गरेका थिए ।
(फोटो फिचर)








सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
