• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामुदायिक बिद्यालयको अुनभव बाड्दै पद्मोदय




दाङको घोराही उप–महानगरपालिकामा रहेको पद्योदय पब्लिक नमुना माध्यामिक बिद्यालयले बिभिन्न जिल्लामा पुगेर सामुदायिक विद्यालयहरुबीच अनुभव आदान प्रदान गरिरहेको छ । पछिल्लो पटक सामुदायिक बिद्यालय प्रति बिद्यार्थिको आकर्षण घट्दै गएको बताउदै पद्योदयले ५ ओटा जिल्लामा शैक्षिक अनुभव आदानप्रदान गरिहेको छ ।

सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र प्युठानका विभिन्न सामुदायिक बिद्यालयमा पुगेर सामुदायिक बिद्यालयमा देखिएका पछिल्ला समस्याको बारेमा छलफल भैरहेको छ । पद्मोदयले सबै बिद्यालयमा पुगेर सामुदायिक बिद्यालयमा हुने पठक पाठनको विषयमा अनुभव आदानप्रदान गर्नुका साथै सामुदायिक बिद्यालयको सहअस्थित्वलाई मजबुद वनाउन संजाल निर्माण गर्न पनि छलफल गरिएको छ ।

सामुदायिक बिद्यालयका बिभिन्न तह र कार्यक्रममा पढ्न ईच्छुक विद्यार्थिलाई सामुदायिक बिद्यालयमा पढ्न प्ररित गर्न पनि पद्मोदय बिद्यालय विभिन्न सामुदायिक बिद्यालयमा पुरिरहेको छ । प्रभात पोखरेल, रामसुन्दर शाह, चुडामुनी रेग्मी, महाविर घर्तीमगर र भेसराज पोख्रेलसहितको टोली अभियानमा हिडेको छ ।

Facebook Comments