• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीमा एक पुरुष मृत अवस्थामा भेटिए




ओमप्रकाश गुप्ता
भालुवाङ २९ असार । दाङको राप्ती गाउँपालिका -१ भालुवाङ स्थित राप्ती सामुदायिक वनमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४५ वर्षिय दलबहादुर चौधरी मंगलबार विहान ७ बजे जंगलमा मृत अवस्थामा भेटिएका थिए । च्याउ खोज्न जंगल गएका महिलाहरूले मंगलबार विहान मृत अवस्थामा ती पुरूषको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

खवर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरीले घटनाको प्रकृति हेर्दा मादकपदार्थ बढी सेवन गरेको र त्यसका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

केही दिन अघि मात्र मृतक चौधरीले पिपरीमा बाख्रा चोरी समेत गरेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताएका छन् । मृतक चौधरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

Facebook Comments