• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्ने गाउँपालिकाको बजेट, ११ औँ गाउँसभाबाट पास




रुकुम पूर्व सिस्ने गाउँपालिकाको चालु आर्थिक वर्षका लागि ५७ करोड १२ लाख ४० हजार चार सय ६० रुपैयाको बजेट पास गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले असार ९ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम अन्तर्गत उपाध्यक्ष गोपाल रेउलेले गत असार १० गते उक्त बजेट सार्वजनिक गर्नुभएको थियो । उपाध्यक्ष रेउलले प्रस्तुत गर्नुभएको बजेटमाथि जनप्रतिनिधि विच भएको लामो छलफल पछि मंगलबार बसेको ११ औ गाउँसभाबाट सर्वसहमतले बजेट पास गरेको हो ।No description available.
चालुतर्फ ३६ करोड ३६ लाख ७ हजार ८ सय ५७ रुपैयाँ र पूँजीगततर्फ २० करोड ४० लाख ३२ हजार ६ सय ३ रुपैयाँ बराबरको बजेट उपाध्यक्ष रेउलेले असार १० गते गाउँसभामा पेस गर्नुभएको थियो । जसमध्ये शिक्षामा २१ करोड ५६ लाख ८० हजार, स्वास्थ्यमा ४ करोड १५ लाख ६६ हजार, खानेपानी तथा सरसफाईमा ४ करोड ७४ लाख ७५ हजार बजेट विनियोजन गरिएको थियो ।

यस्तै पर्यटनमा ३ करोड १४ लाख, सूचना सञ्चारमा ५९ लाख ५० हजार, सडक तथा पुलमा ३ करोड २३ लाख ९२ हजार ६ सय ७ रुपैया, भवन निमार्णमा २ करोड २३ लाख र खेलकुद तथा मनोरञ्जनमा ९४ लाख बजेट विनियोजन गर्दा लैंगिक समानता तथा सामाजिक समावेशिकरणमा एक करोड १६ लाख ५ हजार, विपद व्यवस्थापनमा ५२ लाख रुपैयाँ र लघु उद्यममा ३४ लाख ४० हजार बजेट बिनियोजन गरिएको थियो । बाकी बजेट विविध खर्चका लागि राखिएको थियो ।

No description available.
उपाध्यक्ष रेउलेले प्रस्तुत गर्नुभएको उक्त बजेट माथि जनप्रतिनिधिहरु विच लामो समय छलफल र बहस चलेको थियो । लामो छलफल र वहस पछि रुकुमकोटमा बसेको ११ औ गाउँसभा अर्थात बर्खे अधिवेशनबाट चालु आर्थिक वर्षको बजेट पास गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । बजेट कार्यान्वयनमा समस्या आउन नदिन जनप्रतिनिधि र विषयगत शाखाका प्रमुखहरु विच भएको लामो छलफल पछि सर्वहमतले बजेट पास गरेको उपाध्यक्ष रेउलले बताउनुभएको छ ।

Facebook Comments