• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसईईको नतिजा साउनको पहिलो हप्ता सार्वजनिक हुने




काठमाडौं, २८ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने, ‘असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौं । तर, उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने भयो । सम्भवत साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्छौं ।’

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गते एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Facebook Comments