• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिश्व जनसंख्या दिवसः आठ अर्ब जनसंख्यालाई अवसरको रुपमा प्रयोग गरौं




महेन्द्र बहुमुखी क्याम्पस दाङको जनसंख्या अध्ययन बिभाग र नेपाल परिबार नियोजन संघ दाङ शाखाको संयुक्त आयोजनामा क्याम्पस परिसर सरसफाई तथा अन्तक्र्रिया कार्यक्रम गरी बिश्व जनसंख्या दिवस मनाइएको छ ।

क्याम्पस प्रमुख सहप्राध्यापक भरतराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहप्राध्यापक कृष्ण पौडेल, उपप्राध्यापक सुदर्शन रिजाल तथा नेपाल परिबार नियोजन संघ दाङका शाखा प्रमुख बसन्त खनाल, सहायक क्याम्पस प्रमुख मनोज चौधरीलगायतले बिश्व जनसंख्या दिवसको नारा, यस दिवसको महत्व तथा जनसंख्याका वर्तमान सवालहरुका बारेमा बिषयगत मन्तव्य राख्नुभएको थियो ।

जनसंख्या बिभागका उपप्राध्यापक तीर्थराज न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रमको सञ्चालन उपप्राध्यपक पुस्कर कुमार खड्काले सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अतिथिलगायतका कार्यक्रमका बक्ताहरुले यस बर्षको बिश्व जनसंख्यादिवसको नारा ‘आठ अर्बको संसारः सबैका लागि लचिलो भविष्यतर्फ– अवसरहरुको सदुपयोग गर्दै र सबैका लागि अधिकार र बिकल्पहरु सुनिश्चित गर्दै” लाई सार्थक बनाउन बढ्दो जनसंख्याको उचित व्यबस्थापनका लागि जनसंख्यालाई समस्या होइन अवसरमा परिणत गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

क्याम्पसमा मानबिकी तथा शिक्षासास्त्र संकायका सय वढी बिद्यार्थीहरुको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

अन्तक्र्रिया कार्यक्रम अघि क्याम्पसका बिद्यार्थीहरुले मानबिकी तथा शिक्षाशास्त्र भवन अगाडिको परिसरमा सरसफाई गरेका थिए । सरसफाई कार्यक्रमका लागि घोराही उपमहानगरपालिकाको वातावरण शाखाले सरसफाई ग्लोभ्स उपलव्ध गराएको थियो ।

Facebook Comments