• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका सामाजिक शिक्षकहरुलाई प्रशिक्षण, सामाजिक बिषय समाजसँग जोडेर पढाउनुपर्ने




दाङका विभिन्न संस्थागत विद्यालयमा सामाजिक बिषय अध्यापन गर्ने शिक्षकहरुका लागि एक दिने अभिमुखीकरण गरिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजना र ग्रीन बुक पब्लिसर्स एण्ड डिस्ट्रिब्यूटर्स प्रालि काठमाडौको प्रायोजनमा अभिमुखीकरण गरिएको हो ।

तालिम उद्घाटन गर्दै प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीले शिक्षकका लागि बिषयत तालिम जरुरी भएको बताउनुभयो । शिक्षक आफ्नो बिषयमा सँधै अपडेट हुनुपर्ने भएकाले पनि नियतिरुपमा यस्ता तालिमहरु सञ्चालन हुनुपर्ने उहाँले बताउनुभयो ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य बासुदेव रिजाल, निवर्तमान केन्द्रीय सदस्य तथा दाङ ब्याब्सनका बरिष्ठ सल्लाहकार केशव थापालगायतले बोल्नुभएको थियो । दाङ प्याब्सनका बरिष्ठ उपाध्यक्ष बिजय जीएमले धन्यवाद दिनुभएको थियो भने सचिव आदिम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सामाजिक बिषयका पुस्तक लेखकद्वय दीपक मरहट्टा र जीवनराज पन्थीले प्रशिक्षण दिनुभएको थियो । उहाँहरुले कक्षा ६ देखि १२ सम्मका सामाजिक अध्ययन बिषयका अध्यापन गर्नुपर्ने बिषयवस्तु, मूल्यांकन बिधि, अध्यापन शैली, कक्षा कोठा ब्यवस्थापनलगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो । सामाजिक अध्ययन बिषय समाजसँग जोडिएकाले विद्यार्थीहरुको सामाजिक परिवेशसँग जोडेर पठनपाठन गराउनु प्रभावकारी हुने प्रशिक्षकहरुको जोड थियो ।

परीक्षाकेन्द्रित मात्रै भन्दा पनि सिकाई उपलब्धि हासिल गर्ने उद्देश्यसहित रोचक प्रस्तुतिका साथ पठनपाठन गर्न सके नै पाठ्यक्रमले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न सकिने पनि उहाँहरुले बताउनुभयो ।

Facebook Comments