• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा संरक्षणमुखी वृक्षरोपण, २ लाख बिरुवा रोपियो




दाङ, २६ असार । डिभजिन वन कार्यालयले दाङमा संरक्षणमुखी वृक्षरोपण कार्यक्रम शुरु गरेको छ । बर्षेनी बिरुवा लगाउने तर लगाउने बिरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यो बर्षदेखि संरक्षणमुख बृक्षरोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अभियानकै रुपमा बृक्षरोपण गरेर कम मात्रै बिरुवा हुकाउने भन्दा बरु थोरै लगाउने र धेरै हुर्काउने लक्ष्यका साथ यो बर्ष दाङमा करिव २ सय हेक्टरमा दुइ लाख बिरुवा लगाइएको डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठ जानकारी दिनुभयो ।

संरक्षमुखी कार्यक्रम अनुसार अतिक्रमित वन क्षेत्र खाली गरी घोराहीको मघै, रामपुरको चरिङ्गेदह, तलसीपुरको कटकुइया, भ्यूडर सुनपुर र बबैमा गरी ९ हेक्टर वनमा ताराबार सहितको बृक्षरोपण कार्य सम्पन्न गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

सूचना अधिकारी केसीका अनुसार तुलसीपुरको मोतीपुर, दंगीशरणको सिमठाना र महालक्ष्मी, नारायणपुरको सरजुगंगा र बबई नदी, अम्विकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिव २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी बृक्षरोण गरिएको छ ।

डिभिजन वन कार्यालयले एक पालिका एक कृषि अवको अवधारणा अनुसार स्थानीय किसानहरुलाई सहभागि गराई दाङका घोराही र तलसीपुर उपमहानगरपालिका, बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी ५ वटा पालिकाका १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको कार्यालय प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी घोराहीका शान्ति र करजाही, पुरन्धाराको झारगजेरी, दंगीशरणको बालकल्याण सामुदायिक वन क्षेत्रको करिव २० हेक्टर जग्गामा बिरुवा लगाई संरक्षणको काम अघी बढाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लाको पहाडि भेगमा जडिबुटी बिस्तारको काम अघी बढाइएको छ । बंगलाचुली गाउँपालिकाको १० हेक्टर, घोराहीको पहाडी भेगमा ६ हेक्टर र तुल्लीपुरको ४ हेक्टरमा टिमुर, मालगेडी सुगन्ध कोकिला लगायतका जडिबुटीका बिरुवा लगाइएको छ । त्यस्तै, समुह र सहकारी मार्फत यो बर्ष करिव २० हेक्टर जमिनमा जडिबुटी खेती बिस्तार गरिएको कार्यालयले जानकारी दिएको छ ।

 

Facebook Comments