• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही खानेपानीको मत गणना जारी, डिसीको अग्रता कायमै




घोराही/ घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हिजो भएको निर्वाचनको मत गणना जारि छ । हालसम्म आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष देविबहादुर डिसी ‘पानी बाजे’ को समुहले अग्रता कायम राखेको छ ।

निर्वाचन अधिकृत दीपक कुमार रेग्मीका अनुसार अध्यक्ष पदका लागि डिसीले ९ सय ४८ मत प्राप्तगरि अग्रता कायम राख्नुभएको छ भने उहाँका प्रतिष्पर्धी नारायणप्रसाद भुसालले ४ सय ५७ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डले ७ सय ५४ नरबहादुर बुढाथोकीले ५ सय ५४ मत प्राप्त गर्नुभएको छ । यस्तै महिला उपाध्यक्षमा हेमन्ती पुन मगरले ६ सय ८७ र लक्ष्मीदेवी सिंह ठकुरीले ५ सय ७९ मत प्राप्त गर्नुभएकोे छ ।

यस्तै सचिव पदका लागि धर्मेन्द्र श्रेष्ठले ७ सय ४४ मत प्राप्त गर्नुभएको छ भने दिपक कुमार श्रेष्ठले ५ सय ४३ मत ल्याउनुभएको छ । यसैगरी कोषाध्यक्ष पदका लागि धुव्र केसीले ९ सय र सानुनारायण अधिकारीले ४ सय ७४ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

संस्थामा ७ हजार १ सय २३ जना मतदाता रहेकोमा ३ हजार ५ सय ६१ मत खसेको थियो । दाङकै पुरानो तथा धेरै उपभोक्ता भएको संस्थाको नयाँ नेतृत्वका लागि दुई प्यानलबिच प्रतिष्पर्धा भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिको गठबन्धन प्यानलबाट डिसी प्रतिष्पर्धामा रहुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै नेकपा एमाले , राप्रपा र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानलबाट भुषाल अध्यक्ष पदका लागि चुनावी मैदानमा रहनुभएको छ । संस्थाले घोराही उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७ र १८ खानेपानी वितरण गरिरहेको छ ।

 

Facebook Comments