• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा, सतर्कता अपनाउन आग्रह




आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । मौसम विज्ञान विभागको अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार हाल प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा सामान्यतादेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू९भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी, देशकोे पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

 

Facebook Comments