• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जापानका पूर्वप्रधानमन्त्री शिन्जोको निधन




जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका आबेको उपचारका क्रममा निधन भएको जापानको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

‘आबेलाई पछाडिबाट गोली लागेको थियो र उनको भाषणको क्रममा आधा बाटोमा ढले र रगत बगेको देखिन्थ्यो’ प्रसारक एनएचकेले रिपोर्ट गरेको छ । उनको आक्रमणकारी हिरासतमा छ ।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर, आफूले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आबे आठ वर्ष लगातार प्रधानमन्त्री रहे ।

 

Facebook Comments