• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाठ्यपुस्तकको अभावबिरुद्ध अखिल (क्रान्तिकारी) दाङको ध्यानाकर्षण




घोराही, २४ असार । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको भन्दै शिक्षा विकास तथा समन्वय इकाई र घोराही उपमहानरपालिकाको शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले शुक्रबार समन्वय इकाईका प्रमुख मित्रप्रसाद गौतम र उपमहानगरका शिक्षा शाखा प्रमुख विनोद गौतमलाई सो पत्र बुझाएको हो । आज देशभर एकैसाथ शिक्षा विकास तथा समन्वय इकाई तथा स्थानीय तहका शिक्षा शाखा ध्यानकर्षण पत्र बुझाएको संगठनले जनाएको छ ।No description available.
अखिल (क्रान्तिकारी) दाङ जिल्लाका संयोजक खुमन पौडेलले हस्ताक्षेरित गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘पछिल्लो समय सार्वजनिक र सरकारी शिक्षालयहरुमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मा पाएको सरकार, शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम लापरवाही र निजी विद्यालय र प्रकाशकहरुसँगको मिलेमतोमा सरकारी शिक्षालयहरु र विद्यार्थीहरूको भविश्यमाथि चरम खेलबाड गरि पाठ्यपुस्तकको चरम कृतिम अभाव गराइएको छ । शैक्षिक सत्र सुरू भएको करिव तिन महिना वित्न लाग्दा पनि सरकारीरसामुदायीक विद्यालयहरूमा काठमाण्डौँ उपत्यका समेत देशव्यापी पाठ्यपुस्तक अभाव हुनु दुःखद र खेदजनक विषय हो ।’

विद्यालयमा नियमित रुपमा पठनपाठन सञ्चालन गर्न, पाठ्यपुस्तक छपाईमा लापरवाही गरी विद्यार्थीको भविष्यमाथि चरम खेलबाड गर्ने शिक्षा मन्त्रालय, जनक शिक्षा सामग्री केन्द्रका पदाधिकारीहरुलाई कडा भन्दा कडा कारबाही गर्न र आगामी वर्षदेखि समयमै पाठ्यपुस्तकहरू विद्यालयमा पुर्याउन विशेष पहल गर्न मागसहित गरेको कुरा ध्यानाकर्षण पत्रमा उल्लेख रहेको छ ।

रुस युक्रेन युद्ध र स्थानीय चुनावको बहाना बनाएर पुस्तक छाप्न सकिएन वा अभाव भयो भन्नु कुनै पनि हिसाबले जायज मान्न नसकिने र यसमा राज्यले जे कुतर्क गरेपनि यो गैरजिम्मेवारीको पराकाष्टा भएको समेत सो पत्रमा भनिएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव ललित वि.क., अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा त्रिभूवन विश्वविद्यालका इञ्चार्ज मदन केसी, अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेशका इञ्चार्ज विज्ञान क्षेत्री, अखिल (क्रान्तिकारी) दाङ जिल्लाका संयोजक खुमन रिजाल लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।।

यस्तो छ, ध्यानाकर्षण पत्र No description available.

Facebook Comments