• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठानमा चट्याङ लागेर २ जनाको मृत्यु, ९ जना घाइते




प्यूठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर ऐरावतीको वडा नं. ६ का ५ जना र वडा नं.१ दाङवाङका ४ जना गरी ९ जना घाइते छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

Facebook Comments