• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीसहित अन्य प्रदेशमा वर्षा जारी, दुई प्रदेशमा भारी वर्षाको संभावना




आज बिहानैदेखि देशका विभिन्न प्रदेशमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा वर्षा भइरहेको छ।

साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

 

राति प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

 

 

Facebook Comments