• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अध्यक्ष शाहीद्वार सिद्धेश्वरी माविमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने घोषणा




कमल विक
अछाम, २०असार । अछामको तुर्माखाँद गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष निरक बहादुर शाहीले कक्षा ७ देखि १० सम्म निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने घोषणा गर्नु भएको छ।
आईतबार सिद्धेश्वरी माध्यमिक विद्यालयमा वडा कार्यालयको आयोजनामा भएको आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रको प्रमुख अतिथिको आसनबाट उक्त घोषणा गर्नु भएको हो।

उहाँले विद्यार्थीकाे सिकाई प्रभावकारी बनाउन र ग्रामिण क्षेत्रका विपन्न वर्गका विद्यार्थीको गुणस्तरीय शिक्षामा समान पहुँच सिर्जना गर्न यस्तो निर्णय गरेको बताउनु भएको छ। बर्खे बिदा लामो हुने हुँदा विद्यार्थीले सिकाएका सबै कुरा बिर्सिने र पढ्ने बानिको विकास कम हुने भएकाले यस्ता अतिरिक्त कक्षा प्रभावकारी हुने उहाँको विश्वास छ। पढ्ने इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नपाएका विद्यार्थीलाई ठुलो अवसर हुने बताउनु भएको छ।

अध्यक्ष शाहीले शैक्षिक सुधारका लागि आफूले गर्न सक्ने सबै काम पूरा गर्ने र आगामी दिनहरूमा यस्ता निर्णय गर्दै जाने प्रतिबद्धता समेत जनाउनु भएको छ।
हाजिरी जवाफ प्रतियोगितामा सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी प्रथम, बैकुण्ठेश्वरी आ वि दितिय र बागेश्वरी आ वि तृतीय स्थान हात पारेको थिए।

Facebook Comments