• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देबी डिसीलाई समर्थन गर्दै दुईजना अध्यक्ष पदका उमेदवारले फिर्ता लिए उमेदवारी




दाङ, १८ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौँ अधिवेशनको मिति नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै गएको छ । यही २५ गते हुन लागि रहेको निर्वाचनमा गठवन्धनका उमेदवार देबीबहादुर डिसीलाई समर्थन गर्दै राष्ट्रिय जनमोर्चा समन्वय समितिबाट अध्यक्ष पदमा उम्मेद्वार बन्नुभएका रामबहादुर जिएम र स्वतन्त्रबाट उमेदवार बन्नु भएका वर्तमान सचिव सुमन शर्माले उम्मेद्वारी फिर्ता लिनु भएको छ ।
अध्यक्ष पदमा उमेदवारी दिनु भएका जिएमले लिखितरुपमा गठवन्धनका अध्यक्ष उमेदवार देबी बहादुर डिसीलाई समर्थन जनाउँदै उमेदवारी फिर्ता लिएको जनाउनु भएको छ । यसैगरी अर्का अध्यक्ष पदका उमेदवार सुमन शर्माले कांग्रेस नेताहरुको आग्रहमा उमेदवारी फिर्ता लिएको जानकारी दिनुभयो ।
घोराहीमा पुरानो र सबैभन्दा धेरै उपभोक्ता संख्या रहेको खानेपानी संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक भएसँगै शनिबार मनोनयन दर्ता र आइतबार उम्मेद्वारी फिर्ता लिने काम सम्पन्न भएको छ ।
अध्यक्षसहित ११ पदका लागि गठबन्धनसहित अन्य दलबाट २७ जनाको उम्मेदवारी परेकोमा ४ जनाले उम्मेद्वारी फिर्ता लिएसँगै २३ जना प्रतिस्पर्धामा रहेका छन् । संस्थाको अध्यक्ष पदका २ जनासहित ४ जनाद्धारा उम्मेद्वारी फिर्ता भएको छ ।
अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट वर्तमान अध्यक्ष देवीबहादुर डिसी र एमाले, राजमो र राप्रपाको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उमेदवारनारायणप्रसाद भुसाल चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।
गठबन्धनका तर्फबाट वरिष्ठ उपाध्यक्ष पदमा भरतमणि पाण्डेले उम्मेदवारी दर्ता गराउँदा एमालेबाट उपाध्यक्षमा नरबहादुर बुढाथोकीको उम्मेदवारी परेको छ ।
महिला उपाध्यक्षमा एमाले अध्यक्ष रहेको संयुक्त प्यानलबाट लक्ष्मीदेवी सिंह ठकुरी र गठवन्धनबाट हेमन्ती पुन मगरको उम्मेदवारी परेको छ ।
सचिव पदमा गठबन्धनबाट धर्मेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ भने एमालेबाट दिपककुमार श्रेष्ठ चुनावी मैदानमा होमिनु भएको छ । यस्तै गठवन्धनको तर्फबाट कोषाध्यक्षमा ध्रुव केसी, एमालेबाट सानुनारायण अधिकारीको उम्मेदवारी दर्ता भएको छ । यसैगरी, खुल्ला सदस्य पदका हरी पौडेल र महिला सदस्य पदका बसन्ती कुमारी भट्टराईले आफ्नो उमेदवारी फिर्ता लिनु भएको छ ।

Facebook Comments