• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसिकोटमा नगरस्तरीय महिला सीप विकास तालिम




रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा नगरस्तरीय महिला सीप विकास तालिम सम्पन्न भएको छ । नगरपालिका अन्तरगत महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ७ दिने नगर स्तरीय महिला सीप विकास (सरफ बनाउने) तालिम सम्पन्न भएको हो ।No description available.No description available.

गत असार १३ गते सोमबारदेखि नगरपालिकाको वडा नम्बर ५ स्थीत सामुदायिक महिला भवन सेरीगाउँमा तालिम सञ्चालन गरिएको थियो । नगरक्षेत्रमा रहेका महिलाहरुलाई सीप विकाससँगै रोजगारीमा जोड्ने र उनिहरुलाई दिगो ब्यबसायीक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाकी सहायक पाँचौ कमला मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा नगर क्षेत्रभित्रका २० जना महिलाको सहभागिता रहेको थियो ।No description available.

तालिमको सहजीकरण एबं प्रशिक्षण स्थानीय प्रशिक्षक दिपिका केसीले गर्नु भएको थियो । तालिमको समापन यहि असार १९ गते आईतबार नगर प्रमुख महेन्द्र केसीले गर्नु भएको छ । तालिम समापनमा उप प्रमुख बिमल कुमार पुन, वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख भावना शाह, सहायक पाँचौं तारा खड्का लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सहजीकरण तथा ब्यबस्थापन शाखाकी सहायक पाँचौ कमला मल्लले गर्नु भएको थियो ।

Facebook Comments