• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माण्डवीमा परिवर्तित पाठ्यक्रम  सम्बन्धी तालिम 




पवन पोख्रेल माण्डवी,१८ असार । प्यूठानको माण्डवी गाउँपालिकामा एक दिने परिवर्तित पाठ्यक्रम प्रवोधिकरण सम्बन्धि तालिम सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय एकाई खलंगा प्यूठानकाे सहयोग र माण्डवी गापाकाे आयोजनामा माध्यमिक विद्यालय नयाँगाउँमा भएको एक दिने पाठ्यक्रम प्रवोधिकरण तालिममा विभिन्न विद्यालयका ६५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

माण्डवी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सन्चालन भएको तालिममा कक्षा ४,७,९ काे परिमार्जित पाठ्यक्रमबारे जानकारी गराइएको थियो । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धिमूलक बनाउने उद्देश्यले तालिमकाे आयाेजना गरिएको माण्डवी गाउँपालिका शिक्षा प्रमुख तुल्सि कार्कीले जानकारी दिनुभयाे ।

कार्यक्रमकाे सहजीकरण प्यूठान न पा शिक्षा अधिकृत बासुदेव पंडित, झिमरुक गा पाका शिक्षा अधिकृत माेहन बुढा क्षेत्री लगाएत माण्डवी गा पा अन्तरगतका राेष्टर विज्ञ शिक्षकहरुले गर्नु भएकाे थियाे ।

Facebook Comments