• २४ श्रावण २०७९, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धाराको रक्षा र विकास





लेखराज रेग्मी
कामरेड पुष्पलालले पार्टी गठन पश्चात नेपालका सबै बामपन्थीहरु लाई बिचार जोगाउँदै बाम काङ्ग्रेसको रुपमा २००७को क्रान्तिमा लाग्न निर्देशन दिनुभयो। यसले क्रान्तिको सफलता र कम्युनिष्ट बिचारको प्रसारमा सहयोग गर्यो। यसैकारण दिल्ली संझौताको बिरोध गर्न कम्युनिष्ट सक्षम रहे ।

मनमोहनहरुको प्रवेश संगै पुष्पलाल पार्टीकोे मुख्य जिम्मेवारीमा रहनु भ‌एन । प्रायः पुष्पलाल पन्थीहरु यो तथ्यलाई लुकाउने गर्दछन तर यो यस्तो तथ्य हो नेपाली कम्युनिष्ट आन्दोलनमा यसैदिन देखि दक्षिणपन्थी अवसरवाद संगको संघर्ष सुरु भयोे पहिलो महाधिवेशनमा बैधानिक रुपमा पार्टी दक्षिण पन्थी नेतृत्वको कबजामा गयो ।

यो श्रीङ्खला २०२५को पुष्पलालको बिद्रोह र पुष्पलाल द्वारा आयोजित सम्मेलन संम कायम रह्यो ।यस बिचमा क्रान्तिकारी धाराको रक्षा र बिकाश पार्टी नेतृत्वले गर्न सकेको थिएन।अलग क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि पनि बनेन । तर क्रान्तिकारी धाराको रक्षा र बिकास भैरह्यो। २०१७ सालको राजा महेन्द्रको प्रतिबिद्रोहलाई समर्थन गर्ने तात्कालिन पार्टी महामन्त्री केशरजंग रायमाझीको घोषणा लाई खारेज गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको ठुलो हिस्सा राजाको कदमको बिरुद्ध जनतामा गयो।

दरभङगा प्लेनमले पुष्पलालको काङ्ग्रेसको नारालाई समर्थन गरेर आएको बिघटित संसद्को पुनस्र्थापनाको नारालाई प्लेनममा प्रवेश गराएपछि पार्टी भित्रको बाम जनमत त्यसका बिरुद्ध प्लेनममा देखापर्यो। रायमाझीको संसदिय ब्यवस्थाको पुनर्स्थाको नारा अफ्नो शाखलाई जोगाउन ल्याएको भ‌एपनि घटनाले यसलाई राजाको कदमको समर्थनको रुपमा लिइयो।

सारमा नेपाली प्रजातान्त्रिक आन्दोलनका हिसाबले रायमाझी हरुको नारा रणनैतिक थियो र यसको कार्यनीति नै थिएन अर्थात यो कार्यान्वयन मा जाने संभावना थिएन। पुष्पलाको नारा तात्कालिक कार्यनीतिक नारा थियो र रायमाझी को तुलनामा ठिक नै लाग्दथ्यो।तर स्वयं काङ्ग्रेसको स्थिति र बस्तुगत स्थितिको आधारमा तत्काल लागु गर्ने संभावना न्युन र कमजोर थियो । सहभागी कार्यकर्ताहरुको सहयोगमा मोहनबिक्रमले पेश गरेको संबिधान सभाको नाराले बहुमत प्राप्त गरेपनि कार्यान्वयनमा आएन आउन दिइएन। तर यसले क्रान्तिकारी कार्यकर्ता र जनमतलाई संरक्षण र संगठित गर्यो ।यहि नै आधारमा चौथो महाधिवेशन संभव भएको हो ।

तेश्रो महाधिवेशनमा योजनावद्धरुपमा केन्द्रिय समितिले पुष्पललाई महामन्त्रीमा आउन दिइएन। बास्तबिकता त के हो भने पुष्पलालको भूमिका बिना तेश्रो महाधिवेशन संभव थिएन। पहिलो देखि तेश्रो महाधिवेशन सम्म पुष्पलाललाई नेतृत्वमा आउन बाट रोकियो तर पनि केन्द्रिय समिति मा रहे नरहेका कार्यकर्ताहरुको इन्टर जोनल रिलेशन नै यस्तो संयन्त्र थियो जसका आधारमा पुष्पलाल र चौथो महाधिवेशनले आ आफ्नो बैधता दाबी गरे। तर पनि नेपालमा एकभन्दा बढी कम्युनिष्ट पार्टी बन्ने कुराको सुरुवात बिजारोपण तेश्रो महाधिवेशनको बिघटनको स्थिका कारणले पैदा भयोे।

फरक ढंगले बिजारोपण भए पनि मालेको स्थापना पनि तेश्रो महाधिवेशनको बिघटनकै गर्भमा रहृयो। बाह्यरुपमा क्रान्तिकारी धाराको पहिचान देखिएपनि क्रमशः मालेले दक्षिणपन्थी धाराको प्रतिनिधित्व गर्न थाल्यो र यसले सबै पुष्पलालको बिचारधारा बिरोधि दक्षिण पन्थी धाराको संगठित र एकिकृत स्वरुप ग्रहण गर्यो र स्वयम पुष्पलालको पार्टी पनि छिन्नभिन्न हुदै एमालेमा पुगेर बिलय भयोे। एमालेको संस्थागत स्थिति यहि हो।

तरपनि एमाले भित्र कमोवेश क्रानिकारी भावना पक्षधरता र अन्दोलनको अबशेष बाँकी छ। यहि स्थिति पुष्पलाल समुहको बिघटन पश्चात पनि भेट्न सकिन्छ। अर्थात् आज पनि क्रान्तिकारी आन्दोलन गर्भमा पालेर राख्न सबै दक्षिणपन्थी धाराहरु बिवश छन र क्रान्तिकारी धारा कार्यकर्ता र जनताको बिचमा आपसि संवन्धको रुपमा जीवित छ ।यसलाई पुनर्गठन गर्ने इच्छाशक्तिको आबश्यकता हुन्छ ,यो संभव र आबश्यक मात्र होइन अनुकुलता पनि बिद्यमान छ ।

दक्षिण पन्थी धारा संगै उग्रबामपन्थी धारा पनि नेपाली कम्युष्ट आन्दोलनमा बिद्यमान छ । प्रायः तात्कालिक कार्यनीतिक नारामा अभिब्यक्त भैरहने यो धारा सधै पटक पटक रणनैतिक नारालाई कार्यनीतिक नारामा फेर्नु लफ्फाजीको सहारामा आफुलाई बिस्तार गर्नु, थोरै शक्ति आर्जन हुदा नहुदा भडकावहरुको अभ्यासमा जानु तथा सानाठुला धक्का पछि क्रान्तिकारी लफ्फाजीको सहारामा दक्षिणपन्थी दिशामा कुच गर्नु नेपालमा पटक पटक सानो वा ठुलो रुपमा प्रकट हुने बाम भडकावका लक्षण हुन।

उग्रबामपन्थी धक्काहरुले कमजोर बैचारिक राजनीतिक धरातलमा रहेका संगठन,नेत‌त्व र जनमत लाई प्रभाबित गर्दै ब्यवस्थित आन्दोलनमा बिभाजन ल्याउने र र‌अन्तत: दक्षिण पन्थको सेवा द्वारा कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको नै इतिहास छ । नेपालमा पनि भ‌एको त्यहि नै हो ।

आज पनि बामपन्थी तथा दक्षिणपन्थी धाराहरुको पहिचान र ऐतिहासिक समिक्षा बिना, किटानी बिना हामिले सहि अर्थमा मार्क्सवाद र मार्क्सवादी धारालाई अगाडि बढाउन सक्दैनौँ। आ-आफ्नो संगठन र आन्दोलनमा यी दुवै‌धाराको पहिचान र ब्यवस्थित संघर्ष बिना यो संभव छैन ।नेपाली कम्युनिष्ट आन्दोलनमा हर संकटमा कार्यकर्ता पंक्तिबाट मात्रै क्रान्तिकारी धाराको रक्षा र बिकास संभव भ‌एको छ र हामी फेरि एकपटक तोश्रो महाधिवेशन पछिको स्थितिमा पुगिरहेका छौँ । हरेक कम्युनिष्ट कार्यकर्ताले यो दायित्व पुरा गर्न साहस गर्नुपर्ने भ‌एको छ ।

हामी जहाँ छौँ अबज्ञाको सर्तमा पनि देश र जनताको पक्षमा जनतसंग गोलवन्द हुदै जनताका समस्याहरुमा आन्दोलन संगठित र परिचालन गर्न तत्पर हुनु, पार्टीमा ब्यवस्थित दुईलाई संघर्ष चलाउन सक्षम र तत्पर हुनु र आबश्यकताका आधारमा आआफ्ना माउपार्टीसंग संवन्ध बिच्छेद गर्दै क्रान्तिकारी धाराको पुनर्गठन गर्नु हाम्रा ऐतिहासिक कार्यभार र ऐतिहासिक चुनौति बनेकाछन ।

यस दिशामा बहसको थालनीमा ढिलाई भैरहेको छ । आउनोस आआफ्ना पाहेकमा कामहरुको थालनी गरौँ, गंभिर बहसहरु उठाऔं र सचेत सहभागिता बृद्धि गरौं । यहि नै आजको प्राथमिकता हो ।

Facebook Comments