मधुसूदन गिरी
कमिरेचौर, १७ असार । वाईसीएल नेपाल बंगलाचुली गाउँपालिका अध्यक्ष तथा युवा नेता सुशील परियारले आफ्नो जन्मदिनको अवसरमा एक कार्यक्रमका बीच शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । परियारले श्री सरस्वती प्राथमिक विद्यालय बचेनिमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
परियार उक्त विद्यालयको विद्यालय व्यवस्थापन अध्यक्ष समेत रहनुभएको छ । विद्यालयमा अध्ययन गर्ने १ देखि ४ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बालबालिकाले अध्ययनलाई निरन्तरता दिने र आर्थिक अभावको कारण कोहि पनि अध्ययनबाट बन्चित नहुने भन्दै सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
विद्यालयका करिब ५० जनालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्री अन्तर्गत विद्यार्थीलाई कापी कलम वितरण गरिएको छ । परियारले शुभकामना व्यक्त गर्नुहुने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।