दाङमा पुल निर्माणकाे लागि खनिएको गाडलमा परेर एक जनाकाे मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका-१ राङसिङ खोलामा पुल निर्माण हुदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
रेश्माको श्रीमान सोहि गाउँपालिका स्थित अग्नी सिमेन्ट कम्पनीमा काम गर्दै आएको र श्रीमान भेट्न गएको समयमा आमा संगै कपडा धुन र नुहाउन गएकी बालिका डुवेर मृत्यु भएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।