• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहकारीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण




दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको समय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

आज उक्त संस्थाले जनता मावि कालाकाटे, आ.वि.वनघुस्री र आदर्श प्रावि बडहरामा अध्ययनरत २०/२० जना विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमै पुगेर शैक्षिक सामग्री अन्तर्गत कपी, डट्पेन र पेन्सिल वितरण गरेको हो ।

शिक्षा उप समितिका संयोजक केशवराज खनालका अनुसार सामाजिक कोष अन्तर्गतको रकम सामाजिक क्षेत्रमै खर्च गरिएको हो । संस्थाका उपाध्यक्ष गीरबहादुर पौडेल ,कोषाध्यक्ष ऋषिराम आचार्य ,शिक्षा उप समितिका संयोजक केशवराज खनाल,लेखा संयोजक ठाकुर आचार्य ,संचालक समिति सदस्य हिमाल एम.सी र व्यवस्थापक ढुण्डीराज भट्टराई तीन वटै विद्यालयमा पुगेर सामग्री वितरण गर्नुभएको हो ।

जनता मा.वि.कालाकाटेका प्रधानाध्यापक वासुदेव वेल्वासे,आ.वि.वनघुस्रीका शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर महतरा र आदर्श प्रा.वि.बडहराका प्रधानाध्यापक ओमबहादुर मगरले आ-आफ्नो विद्यालयको तर्फबाट समय सहकारी संस्थालाई धन्यवाद ज्ञापन गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर महत्वपूर्ण सहयोग पुर्‍याएकोमा प्रशंसा गर्नुभयो ।

संस्थाका व्यवस्थापक ढुण्डीराज भट्टराईले केही दिन भित्रै राप्ती गाउँपालिका भित्र रहेका थप केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने जानकारी गराउनुभयो ।

Facebook Comments