• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते




दाङ, १६ असार । दाङको तुलसीपुरमा बसले ठक्कर दिँदा दुइ जना घाईते भएका छन् । घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ७ ख ३८९ न. को बसले सोही दिशाबाट आउँदै गरेको रा ६ प ५००० न. को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घाईते हुनेमा मोटसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का १७ वर्षीय यादव भण्डारी र मोटरसाईकलमा सवार रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ५ का १८ वर्षीय चमन वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । भण्डारीलाई बाया खुट्टामा सामान्य चोट लागेको छ भने वलीलाई टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । बस चालक घोराही ११ का ३० वर्षीय सुनिल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Facebook Comments