• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेतमा धान रोप्दै भिएन स्कूलले मनायो राष्ट्रिय धान दिवस




घोराही, १५ असार । दाङको घोराही- १५ मा रहेको भिएन स्कूलले राष्ट्रिय धान दिवस मनाएको छ । स्कुलले आज घोराही -३ बन्झाडीको खेतमा धान रोप्दै सो दिवस मनाएको हो ।No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालले खेतमा धान रोपेर विद्यालयले आज राष्ट्रिय धान दिवस मनाएको बताए । उनले विद्यार्थी विद्यालयको पढाई सँगसँगै ब्यबहारिक बन्नुपर्ने कुरामा जोड दिए ।

विद्यार्थीहरु अनुशासन हुनुपर्ने र विद्यालयको सिकाईलाई थप प्राभवकारी बनाउन ब्यबहारिक बन्दै जीवनोपयोगी क्रियाकलापमा जोडिनुपर्ने उनको भनाइ छ ।No description available.

भिएन स्कुलका प्राचार्य रामजनम चौधरीले आफ्नो मन्तव्य राख्दै आज असारको १५ गते दही चिउरा खाने संगसंगै राष्ट्रिय धान दिवस मनाउने कार्य सकिएको बताए । उनले नेपाल एक कृषि प्रधान देश भएको हुँदा अझै पनि अधिकांश मानिस कृषि पेशामा निर्भर रहदै आएको जानकारी दिए । धान दिवसको अबसरमा धान रोप्दै विद्यार्थीहरुलाई धान उत्पादनको बारेमा जानकारी दिदै पहिले तुलनामा अहिले रासायनिक मलका कारण धान उत्पादन बढी हुने गरेको प्रअ चौधरीको भनाइ छ ।No description available.

धान दिवसमा विद्यार्थीहरुले खेतमा धान रोप्दै आफूहरूको नयाँ अनुभव र सिक्ने मौका पाएको बताएका थिए । उक्त अबसरमा विद्यालयको प्रांगणमा सरसफाइ गरि वृक्षारोपण गरिएको समेत विद्यालयले जानकारी दिएको छ ।No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निवर्तमान डाइरेक्टर द्रोण खड्का, विद्यालयका प्रअ रामजनम चौधरी, विद्यालयका कोर्डिनेटर शान्ती हमाल, विद्यालय परीक्षा शाखाका प्रमुख जीवन आचार्य, शिक्षक विष्णु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।No description available.

कार्यक्रमको सहजीकरण विद्यालयका डाइरेक्टर वसन्त रिजालले गरेका थिए ।

Facebook Comments