• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद विनिता बुढास्मृति अक्षयकोष स्थापना




रुकुमपश्चिम मुसीकोट नगरपालिका वडा नं ९ हिल निवासी पूर्वसांसद खडगबहादुर बुढा तथा उहाँकी श्रीमती जोगमाली बुढा मगरले छोरी सहिद विनिता बुढाको स्मृतिमा उहाँले पढेको विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

विनिताले पढेको विद्यालय बालकल्याण माध्यमिक विद्यालय झुल्खेतमा दुई लाख राशीको अक्षयकोषको स्थापना गरिएको हो ।

शिक्षक अभिभाबक संघका अध्यक्ष गम्मरसिंह बोहराको अध्यक्षतामा भएको समारोहमा उक्त कोषको लागि सहिदकी आमा जोगमाली बुढाले नगद रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

शिक्षक टोपबहादुर हमालको सञ्चालन, सहिदकी आमा जोगमाली बुढा, सहिदकी हजुरआमा पवित्रा पुन, सहिद कामी बुढाकी छोरी मोतीकला पुन, विव्यस सदस्य पयकला पुन, भूपूविव्यस अध्यक्ष नन्दराम पुन लगायतको आतिथ्यतामा भएको कार्यक्रममा अक्षयकोष संस्थापकको तर्फवाट नन्दराम पुन तथा विद्यालयको तर्फबाट प्रधानाध्यापक गोविन्दबहादुर ओलीले बोल्नुभएको थियो ।

सहिदप्रतिको सम्झनामा एक मिनेट मौन धारण गरी शुरू भएको कार्यक्रममा सहिदको तस्विरमा अबिरावरण र माल्यार्पन गरिएको थियो । कार्यक्रममा विद्यालयको तर्फबाट अक्षयकोष संस्थापक तथा मुख्य अतिथिहरूलाई खादा ओढा सम्मान गरिएको थियो ।

अक्षयकोषबाट व्याजबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधामा पुरस्कार वितरण गरिने प्रअ ओलीले दिनुयो ।

२०३७ साल चैत १२ गते साविक चौखावाङ ५ हिलमा जन्मनुभएकी विनिता बुढाले माबि झुल्खेतबाट एसएलसी परीक्षा दिनुभएको थियो । अखिल क्रान्तिकारीमा संगठित भई संगठनको कामको सिलसिलामा २०५५ साल जेठ २७ गते चुनबाङ प्रहरी चौकीबाट किलोसेरा टू अप्रेसनमा खटिएको तत्कालिन दंगा प्रहरीले घेरा हाली नियन्त्रणमा लिएर उहाँको हत्या गरेको थियो ।

Facebook Comments