• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीको- ५ नम्बर वडालाई शून्य होम डेलिभरी क्षेत्र घोषणा




चेतमान बाँठा
होलेरी, १४ असार । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ मा शुन्य होम डेलिभरी क्षेत्र घोषणा गरिएको छ । घरमा सुत्केरी हुनेक्रम लगभग अन्त्य भएपछि १९ बुदे प्रतिबद्धता सहित वडाँ न -५ लाई शुन्य होम डेलिभरी घोषना गरिएको हो ।

वडा नं ५ का वडा अध्यक्ष गोबिन्द ब. डाँगीको सभा अध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, विशिष्ट अतिथीमा जिल्ला स्वास्थ्य कार्यलय रोल्पाका प्रमुख नोखराज पोखरेल, अतिथीहरुमा रुन्टिगढी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गणेश बुढा, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख, नेपाल प्रहरी, पत्रकार, आमा समुह, सम्बन्धित वडांका विद्यार्थीहरु लगाएत स्थानीय नागरिकहरु को उपस्थित रहेको थियो ।

कार्यक्रममा विद्यार्थी तथा आमा समुहहरुले ” सुत्केरी स्वास्थ्य संस्थामा गराउ कम्तिमा महिनाको ८ ( आठ ) पटक गर्भ परीक्षण स्वास्थ्य संस्थाहरुमै गराउ ” भन्ने लगाएत विभिन्न प्ले कार्ड सहित उक्त कार्यक्रम गरिएको थियो ।

विशिष्ट अतिथी समेत रहनु भएका स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख पोखरेलले सुत्केरी स्वास्थ्य संस्थामा गएर गराउदा आमा र शिशुको स्वास्थ्य अबस्था स्वच्छ र स्वास्थ हुने भएकाले सबैले स्वास्थ संस्थाको भरपुर उपयोग गर्नुहुन अनुरोध गर्नु भएको छ ।

यस्तै प्रमुख अतिथी समेत रहनु भएका रुन्टीगढी गाउँपालिका अध्यक्ष पुनले महिलाहरुको गर्भवास्थामा आवश्यक पर्ने थप पोषण तत्व सम्बन्धी जानकारी गराउने, गर्भ अवस्थामा हुने स्वास्थ्य जटिलतालाई कम गर्ने र शून्य होम डेलिभरी गरी पुर्ण रुपमा पालिकालाई नै पुर्ण संस्थागत सुत्केरी गराउने बताउनुभयो ।

Facebook Comments