• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङको राप्तीमा एक विद्यालय एक पत्रकार अभियान




ओमप्रकाश गुप्ता
भालुवाङ १२ असार । दाङको राप्ती गाउँपालिकामा एक विद्यालय एक पत्रकार उत्पादन गर्ने उद्देश्यले आइतबार देखि ३ तीने आधारभुत सञ्चारसिप तथा पत्रकारिता तालिम सुरू भएको छ।

राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सुरू भएको हो ।

मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको विशिष्ट आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले गाउँ गाउँका हरेक गतिविधि बाहिर ल्याउन पत्रकार उत्पादन गर्न आवश्यक रहेकाले तालिमका सहभागीहरूलाई अनुशासित पुर्वक सीप सिक्न सुझाव दिएका छन् ।

कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चाैधरी, कार्यपालिका सदस्य चम्फा भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षद तथा राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राप्ती गाउँपालिका भित्रका माध्यमिक तहका विद्यालय र क्याम्पसमा अध्ययनरत ३५ जना विद्यार्थीहरूको सहभागीता रहेको पहिलो दिनको तालिमको प्रशिक्षकमा नरेन्द्र केसी र दशरथ घिमिरे रहेका छन् ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

Facebook Comments