• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ रुन्टीगढी गाउँपालिकाको बजेट (पूर्ण पाठ)




गाउँसभाका सभाध्यक्षज्यू,

गाउँसभाका सदस्यज्यूहरु,

सभाका सचिव लगायत कर्मचारी मित्रहरु, उपस्थित सम्पूर्ण महानुभावहरु

1. नेपालमा प्रजातन्त्र, लोकतन्त्र, र गणतन्त्र प्राप्तीका लागी भएका पटक पटकका राजनीतीक आन्दोलनका क्रममा आफ्नो अमुल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्दासुमन अर्पण गर्दछु। साथै, राजनीतिक आन्दोलनका क्रममा बेपत्ता, घाईते र अपाङ्ग भएका नागरीकहरु प्रति उच्च सम्मान र सहानुभुती प्रकट गर्दछु ।

2. संघीय लोकतन्त्रिक गणतन्त्रात्मक प्रणालीको आधारस्तम्भको रूपमा रहेको स्थानीय तहको दोर्सो निर्वाचन सम्पन्न भएको छ। यस निर्वाचनलाई निश्पक्ष स्वतन्त्र  स्वच्छ र भयरहित तवरमा सम्पन्न गर्न योगदान गर्नुहुने आम नागरीक, राजनीतीक  दल, निर्वाचन  आयोग र राष्ट्रसेवक लगायत सबैमा म हार्दिक धन्यवान दिन  चाहन्छु ।

3. आगामी आर्थिक बर्षको बजेट तर्जुमा गर्दा नेपालको संबिधान, १५ औ योजना, दिगो बिकासका लक्ष्य, स्थानीय सरकार सञ्चालन ऐन २०७४, रुन्टीगढी सरकारको निती तथा कार्यक्रम, आर्थिक ऐन २०७९ को सिद्दान्त र प्राथमीकता, गाउँ सभाका सदस्यबाट प्राप्त सुझाबलाई मार्गदर्शनको रुपमा लिएको छु।बस्ती स्तर, आमनागरीक, राजनीतीक दल, बिद्दतबर्ग, नागरीक समाज, निजी क्षेत्र, लगायत पिछडिएका एबम् सिमान्तकृत बर्ग सहित सरोकारवालाबाट प्राप्त सुझाबलाई समेत आधार लिएको छु।

4. सभाअध्यक्ष महोदय “कृषि पर्यटन र पूर्वाधार रुन्टीगढी समृद्धिको आधार” भन्ने यस गाउँपालिकाको नारा लाई सार्थक बनाउन हामी सबैको सकारात्मक र ईमान्दार प्रयास हुनु पर्दछ भन्ने विश्वास व्यक्त गर्दछु।

5.सभाअध्यक्ष महोदय, यसै पृष्ठभूमीमा म आगामी आर्थिक वर्ष 207९/८० को कुल आय तथा व्ययको अनुमान पेश गर्ने अनुमति माग्दछु।

6.आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय वित्तीय समानीकरण अनुदान शिर्षकमा ११ करोड २७ लाख, संघीय राजश्व बाँडफाड शिर्षकमा ११ करोड ०३ लाख ७२ हजार , प्राकृतीका स्रोतबाट प्राप्त हुने रोयल्टि ७० लाख, संघीय सरकारबाट हस्तान्तरीत ससर्त अनुदान शिर्षकमा 2३ करोड १४ लाख, संघीय विशेष अनुदान शिर्षकमा  ३ करोड ६५ लाख, संघीय समपुरक अनुदान शिर्षकमा 8० लाख गरी संघीय सरकारबाट प्राप्त हुने कुल अनुदान ५० करोड ५९ लाख ७2 हजार अनुमान गरेको छु ।

7. यसैगरी आगामी आर्थिक वर्ष २०७9/80 का लागि प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पेश गर्दछु । जस अन्तर्गत प्रदेश वित्तीय सामानिकरण अनुदान शिर्षकमा रु 60 लाख 87 हजार, प्रदेश राजश्वव बाँडफाड तर्फ सवारी सधन कर शिर्षकमा रु  95 लाख 31 हजार र घर जग्गा रजिष्ट्रेसन कर शिर्षकमा रु 6 लाख, प्रदेश शर्सत तर्फ  80 लाख, प्रदेश समपुरक तर्फ १ करोड ५० लाख र प्रदेश विशेष अनुदान तर्फ ६० लाख अनुमान गरेको छु, यसरी प्रदेश सरकारबाट प्राप्त हुने कुल अनुदान ४ करोड 52 लाख 18 हजार रुपैया अनुमान गरेको छु।

8. सभाअध्यक्ष महोदय, यसैगरी आन्तरीक आय तर्फ आन्तरीक राजश्व रु 1 करोड 13  लाख  रुपैया र संचित कोष तर्फ फिर्ता हुने २ करोड  अनुमान गरेको छु। यसरी आन्तरीक आय तर्फ कुल जम्मा ३ कारोड 13 लाख रुपैया अनुमान गरेको छु।

9. वित्तिय हस्तान्तरण तर्फ सामाजिक सुरक्षा कार्यक्रममा रु ६ करोड 80 लाख, प्रदेश/स्थानीय क्षमता विकास तर्फ 4 लाख, र दातृ निकाय तथा संघसंस्थाहरुबाट रु 15 लाख 10 हजार अनुमान गरेको छु। यस शिर्षक अन्तर्गत जम्मा 6 करोड 99 लाख 10 हजार  रुपैया अनुमान गरेको छु। यसरी आय तर्फ कुल जम्मा 65 करोड 24 लाख   अनुमान गरेको छु।

10. सभाअध्यक्ष महोदय यसरी प्राप्त हुने आयलाई पुँजगत र चालु शिर्षकमा कुल खर्च हुनेगरी निम्नानुसार कुल व्याय अनुमान गरेको छु ।

11. गाउँपालिका  प्रशासनीक तथा चालु खर्च तर्फ  रु ११ करोड ६६ लाख ८८ हजार  रुपैया व्यय अनुमान गरेको छु ।

12. गाउँपालिमा सञ्चालित शिक्षक दरबन्दि न्युन भएका सामुदायिक बिद्यालयमा शिक्षक ब्यबस्थापनको लागी एकमुष्ट रु ३० लाख बिनियोजन गरेको छु।

13. वडा कार्यालयको चालु तर्फ रु १ करोड ४३ लाख ३० हजार ब्यय अनुमान गरेको छु ।

14. विषयगत शाखा चालु तर्फ रु 2 करोड 59 लाख, 7 हजार  वडा कार्यालयको चालु तर्फ 1 करोड 43 लाख 30 हजार रुपैया व्यय अनुमान गरेको छु।

15. सामाजिक सुरक्षा तर्फ ६ करोड 80 लाख व्यय अनुमान गरेको छु ।

16. प्रदेश/स्थानीय क्षमता विकास तर्फ 4 लाख, र विभिन्न संघसस्था कार्यक्रम तर्फ रु 15 लाख 10 हजार एक रुपैया व्यय अनुमान गरेको छु ।

17. गाउँपालिका तर्फ पुँजीगत रु २ करोड 5१ लाख रुपैया, वडा कार्यालय पुँजीगत रु ६ करोड ६ लाख ६५ हजार, रुपैया अनुमान गरेको छु । यसैगरी संघीय समपुरक तर्फ  १ करोड ६० लाख, संघीय विशेष अनुदान तर्फ 3 करोड 65  लाख, प्रदेश समपुरक तर्फ ३ करोड र प्रदेश विशेष अनुदान तर्फ ६० लाख व्यय अनुमान गरेको छु ।

18. यसरी कुल व्यय तर्फ 65 करोड 24 लाख अनुमान गरेको छु ।

19. सभाअध्यक्ष महोदय यसरी विनियोजन भएको चालु तथा पुँजिगत खर्चतर्फ विनियोजित बजेटलाई खर्च प्रतिशतमा विश्लेषण गर्दा चालु तर्फ कुल ७० दशमलव २४ प्रतिशत र पुँजिगत तर्फ २९ दशमलव ७६ प्रतिशत रकम विनियोजन भएको छ ।

सभाअध्यक्ष महोदय माथि उल्लेखित कुल व्यय अनुमानलाई तल विस्तृतरुपमा पेश गरेको छु अब, संघीय सरकार बाट हस्तान्तरित  शसर्त  चालु तर्फ शिर्षकमा  भएको विनियोजित बजेट पेश गर्न अनुमति माग्दछु ।

20. सिप विकास, समुह प्रविधि हस्तान्तरण तथा साना उद्योग संचालन मार्फत रोजगारी र आयमा बृद्धि गर्न लघु उद्यम विकास कार्यक्रम तर्फ रु 30 लाख विनियोजन गरेको छु ।

21. खाद्यान्न बालीको उन्नत बीउ उपयोग अनुदान, उन्नत बिउ बितरकलाई प्रोत्साहन अनुदान, कृत्रिम गर्भाधान मिसन कार्यक्रम किसान सुचीकरण कार्यक्रम लगायतका कार्यक्रमहरु गर्न एकमुष्ट रु 28 लाख विनियोजन गरेको छु ।

22. पञ्जिकरण तथा व्यक्तिगत घटनादर्ता कार्यक्रमलाई व्यवस्थित गर्न , वडा स्तरमा सामाजिक सुरक्षा वितरणको अवस्थालाई सहज बनाउन  बिभिन्न शिर्षकमा खर्च हुने गरी एकमुष्ट रु 13 लाख विनियोजन गरेको  छु ।

23. राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमका लागि रु 7 लाख विनियोजन गरेको छु ।

24. आधारभूत तहको शिक्षक परिश्रमिक, मा.वि. तहको शिक्षको पारिश्रमीक, निशुल्क पाठ्यक्रम अनुदान, दिवाखाजा कार्यक्रम,  शैक्षिक पूर्वाधार गुणस्तर तथा सुदृढिकरण ,  शैक्षिक पहुँच कार्यक्रम, बिद्यालय सञ्चालन तथा ब्यबस्थापन अनुदान,  कोभिड 19 का कारण उत्पन्न परीस्थितीमा सिकाई सहजीकरण ,लगायतका अनुदान तथा कार्यक्रममा  शिक्षा शाखा मार्फत खर्च हुनेगरी एकमुष्ट रु १५ करोड 60 लाख विनियोजन गरेको छु ।

25. रुन्टीगढीलाई स्वच्छ सुन्दर र हरीयालीयुक्त बनाउन सरोकारबालासंग समन्वय गरी वृक्षारोपण गर्न समृद्दिका लागी बन कार्यक्रममा एकमुष्ट 37 लाख बिनियोजन गरेको छु।

26. वित्तीय साक्षरता, मनोसामाजीक परामर्श संचालन तथा व्यवस्थापन, बैदेशीक रोजगारीमा जान चाहने सम्भाबित कामदारहरुलाई गहन अभिमुखिकरण लगायतका  रोजगार प्रबर्द्दन  कार्यक्रममा  लागि एकमुष्ट रु 25 लाख विनियोजन गरेको छु ।

27. आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनतथा ब्यबस्थापन कार्यक्रम, क्षयरोग नियन्त्रण शिर्षकमा खर्च हुने गरी रु २ करोड 60 लाख विनियोजन गरेको छु ।

28. महिला स्वास्थ्य स्वयमसेविका पोषाक प्रोत्साहन यातायात खर्च तथा क्षमता बिकासका लागि रु  24 लाख 26 हजार बिनियोजन गरेको छु।

29. बिपन्न नागरिकलाइ स्थानीय स्तरमा तथा नजीकका स्वास्थ्य सस्थामा उपचार हुन नसकी रिफर भएमा  त्यस्ता ब्यक्तिलाई अबस्था हेरी आर्थिक सहायता उपलब्ध गराउने ब्यबस्था गरेको छु ।

30. यस क्षेत्रको समग्र स्वास्थ्य अबस्थालाइ मध्यनजर गरी बिभिन्न रोग संग सम्बन्धीत बिशेषज्ञ सेवा उपलब्ध गराउन  स्वास्थ्य शिबिर संचालन गर्न बजेटको ब्यबस्था गरेको छु ।

31. स्वास्थ्य सुचना ब्यबस्थापन गर्न अनलाईनमा आधारित सुचना प्रणाली ब्यबस्थापनका लागी आबश्यक बजेटको ब्यबस्था गरेको छु ।

32. आधारभुत स्वास्थ्यलाई मध्यनजर गरी खोप तथा गाउँघर क्लिनिक ब्यबस्थापनका लागी बजेटको ब्यबस्था गरेको छु ।

33. आमा सुरक्षा, गर्भवती उत्प्रेरणा, न्यानो झोला , निशुल्क गर्भपतन , पोषण कर्यक्रम, सिबिआईएमएनसि आई Onsite कोचिङ र समता पहुँच कार्यक्रम लगायतका परिवार कल्याण  कार्यक्रममा एकमुष्ट रु ८२ लाख रुपैया विनियोजन गरेको छु ।

34. औलो तथा कालाजार, इनफुलुन्जा,  वर्डफुलु,  डेंगु,  लागाएतका माहामारी रोगहरुको नियन्त्रण तथा रोकथाम र तयारीका लागि रु ३ लाख विनियोजन गरेको छु ।

35. औषधि तथा स्वास्थ्य सामग्री खरिद व्यवस्थापन तथा स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्ड सञ्चालनका लागि रु 16 लाख विनियोजन गरेको छु ।

36. बैदेशिक रोजगारको बढ्दो निर्भरतालाई कम गर्न स्वदेशमा रोजगारलाई अभिबृद्दि गर्न युबाहरुको रोजगारीका लगी रुपान्तरण पहल परीयोजनाको लागी एकमुष्ट रु 37 लाख  बिनियोजन गरेको छु ।

37.प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एकमुष्ट रु 46 लाख विनियोजन गरेको छु।

 सभाअध्यक्ष महोदय, संघिय सरकारबाट हस्तान्तरीत शसर्त पुजीगत  अनुदान अन्तर्गत ठुला प्रकृतिका पूर्वाधारका योजनाहरुमा उल्लेख्य रकम विनियोजन गरेको छु ।

 

38. वैकल्पीक उर्जाको प्रयोगमा बृद्धि गरी स्थानीयहरुको दैनिकीमा सुधार होस भन्ने उदेश्यले रु ८ लाख विनियोजन गरेको छु ।

39. सुरक्षीत नागरीक आबास कार्यक्रम अन्तर्गत फुसका छानो बिस्थापित गर्न एकमुष्ट रु १ करोड  रु 69 लाख बिनीयोजन गरेको छु।

40. रोजगार सेवा केन्द्र सुदृढिकरण तथा स्वास्थ्य व्यबस्थापन कार्यक्रमका लागी एकमुष्ट रु 7 लाख बिनीयोजन गरेको छु ।

41. बाईझा दुबिडाँडा झो.पु, ढोरवाङ स्याउलीवाङ झो.पु, कोलडाँडा चौर, गनारी सातम, आरुचौर ट्रसपुल, पेडीडाँडा झो.पु,का लागी  एकमुष्ट रु 35 लाख विनीयोजन गरेको छु।

42. सत्मुले बृहत लिफ्टिङ खानेपानी योजनामा रु 1 करोड विनियोजन गरेको छु ।

43. खर्से प्युरी रुन्टी मोटरबाटो ग्राभेल योजनाको लागी सममुरकमा खर्च हुने गरी हाल रु 1 करोड 60 लाख विनियोजन गरेको छु ।

प्रदेश सरकारसंग साझेदारीमा रfनैतिक, दिगो र रुन्टीगढी गौरवका आयोजना संचालन गर्नेगरी समपुरकमा रु करोड विनियोजन गरेको छु । जसमा

44.  लामीडाँडा  लिफ्ट खानेपानी योजना वडा नं २ मा रु 1 करोड बिनियोजन गरेको छु।

45. फानीखोला लिफ्टिङ लिफ्ट खानेपानी योजाना  वडा नं 5 मा रु 50  लाख  विनीयोजन गरेको छु।

46. जुर मुलवाङ लिफ्ट खानेपानी खानेपानी योजना वडा नं 3 मा रु ५० लाख बिनियोजन गरेको छु।

 

सभा अध्यक्षज्यू, संघीय वित्तीय समानीकरण अनुदन, संघीय राजश्व वाँडफाड, प्रदेश बित्तिय समानीकरण अनुदान र, प्रदेश राजश्व वाँडफाड र आन्तरीक आय बाट गाउँपालिका, वडा कार्यालय तथा विषयगत शाखाहरुबाट खर्च हुनेगरी देहाय बमोजिम योजना तथा कार्यक्रमहरुमा रकम विनियोजन गरेकछु ।

 

47.कट्टेधारा मोटरबाटो निर्माण योजना रु 5 लाख विनियोजन गरेको छु।

48. रेडक्रस भवन निर्माण योजनामा रु 5 लाख विनियोजना गरेको छु।

49.औषधी खरीदमा रु 15 लाख विनियोजन गरेको छु।

50. एम्बुलेन्स खरिद योजना रु 18 लाख विनियोजन गरेको छु।

51. न्यायीक समिती/मेलमिलाप क्षमता बिकास कार्यक्रममा रु 7 लाख विनीयोजन गरेको छु।

52. राम्ली- धारपानी –गैरीगाउँ वडा कार्यालय सडक निर्माण योजना रु 6 लाख 30 हजार विनियोजन गरेको छु।

53. कोलम्पा खेल मैदान निर्माण योजनामा रु 6 लाख ३० हजार विनियोजन गरेको छु।

54. जुर – लाकुरीडाडा- तल्लोपेदी जोड्ने मोटरबाटो निर्माण योजना विनियोजन गरेको छु।

55. सुर्पाल बसपार्क निर्माण योजनामा रु 6 लाख ३० हजार विनियोजन गरेको छु।

56. छिन्नेटा सिचाई पोखरी तथा पाईप खरीद योजनामा रु 4 लाख ५० हजार विनियोजन गरेको छु।

57. वाबाङ लिफ्टिङ खानेपानी वडा नं ६ 13 लाख ५० हजार विनियोजन गरेको छु।

58. ढुङ्गा फाल्ने डाँडा देखि शिब पार्बती हुदै  सालिवाङ सडक योजनामा 9 लाख विनियोजन गरेको छु।

59. नेटी -ग्रामी खलिवाङ खानेपानी योजना वडा नं ८ मा ६ लाख ३० हजार बिनियोजन गरेको छु।

60. रान बन /उर्घेली हुदै लाकुरी चौर सडक निर्माण योजना वडा नं ८ ५ लाख पचासी हजार विनियोजन गरेको छु।

61. सखि टुनिबोट जोड्ने सडक निर्माण योजना वडा न ढ मा ९ लाख विनियोजन गरेको छु।

62.रिठाडाँडा दाङखर्क कासपानी सडक निर्माण वडा नं १ र र ९ जोड्ने सडक निर्माणमा रु ४ लाख पचास हजार विनियोजन गरेको छु।

63. राष्ट्रीय मा बि रिठाबोट खेल मैदान निर्माण बिद्यालय रङरोहन तथा सिकाइ अनुदान वडा नं. १ मा रु ९ लाख बिनियोजन गरेको छु ।

64. श्री उमाभत्त आ बि भवन निर्माण योजना वडा नं २ मा रु ९ लाख बिनियोजन गरेको छु ।

65. जवाङ पासमासे त्रिसाङ सडक स्तरोन्नत्ती वडा नं ४ मा रु ९ लाख बिनियोजन गरेको छु ।

66. रिवल्जा मसिनावाङ सडक स्तर उन्नती वडा नं ४ मा रु ६ लाख ३० हजार बिनियोजन गरेको छु ।

67. सापडाँडा सडक स्तर उन्नतीमा रु ४ लाख ५० हजार बिनियोजन गरेको छु ।

68. ज्योतिपुञ्ज आ बि बिद्यालय भवन निर्माण वडा नं ७ को लागी रु ७ लाख २० हजार बिनियोजन गरेको छु ।

69. लापल खलिवाङ सडक निर्माण वडा नं ८ मा रु ६ लाख ३० हजार बिनियोजन गरेको छु ।

70. अमिलचौर सानधारा सडक निर्माण वडा नं ९ को लागि रु ७ लाख २० हजार बिनियोजन गरेको छु ।

71. कुमिरीबोट दुबिडाँडा सडक स्तर उन्नती वडा नं ५ को लागी रु ६ लाख ३० हजार बिनियोजन गरेको छु ।

72. होलेरी खानेपानी मर्मत तथा बजार खानेपानी एकिकृत कार्यक्रमको लागी रु ६ लाख १५ हजार बिनियोजन गरेको छु ।

 

सभाअध्यक्ष महोदय वाडास्तरका योजना तथा कार्यक्रमका लागि वडागत बजेटको ब्यबस्था गरि देहाय बमोजिम  बजेट विनियोजन गरेको छु  ।

 

73. वडा नं. 1 को लागि रु ९5 लाख, 60 हजार ,

74. वडा नं. २ को लागि ६8 लाख ०5 हजार ,

75. वडा नं. ३ को लागि ७5 लाख, 55 हजार,

76. वडा नं.४ को लागि ६8 लाख ०5 हजार,

77. वडा नं. ५ को लागि 1 करोड 55 हजार,

78. वडा नं. ६ को लागि १ करोड, 5लाख 55 हजार,

79. वडा नं. ७ को लागि ७5 लाख, 55 हजार,

80. वडा नं. ८ को लागि ७5 लाख र 55 हजार,

81. वडा नं. ९ को लागि ८5 लाख 55 हजार,

82. कुल जम्मा ७ करोड ५० लाख  विनियोजन गरेको छु

83. हालको विषम अवस्थालाई ख्याल गर्दै विषयगत शाखा तर्फ पनि उल्लेख्य वजेट विनियोजन गरेको छु ।

84. स्वास्थ्य शाखाका लागि रु ४० लाख , शिक्षा शाखाका लागी रु 84 लाख ७ हजार ,कृषि विकास शाखाको लागी रु 3५ लाख , पशु सेवा शाखाको लागि रु 25 लाख र महिला वालवालिका तथा जेष्ठ नगरीक शाखाका लागी रु १५ लाख पर्यटन बिकास  शाखा शाखा 15 लाख सरसफाई बिकास शाखा  गरी जम्मा रु १ करोड 92 लाख 38 हजार विनियोजन गरेको छु ।

85. गाउँपालिका भित्र कार्यरत बालबिकास सहजकर्ता तथा बिद्यालय कर्मचारीको खाईपाई आएको तलबमा न्यायोचित बृद्दि गर्न एकमुष्ट  रु ५८ लाख बिनियोजन गरेको छु।

86. सभाअध्यक्ष महोदय, कर्मचारीको तलव भत्ता, पोषाक, भ्रमण भत्ता, औषधि उपाचार , पानी विजुली , सूचना प्रकाशन लागायत तथा आन्तरीक कार्यालय र वडाहरुको प्रशासनिक व्यवस्थापनका लागी चालु खर्च मा एकमुष्ट रु 6 करोड 98 लाख ५२ हजार रुपैया विनियोजन गरेको छु । जसमा स्थायी तर्फका खाईपाई आएको तलब स्केलमा 15 % तथा अस्थाई तथा करारको हकमा एकमुष्ट न्यायोचित तलब बृद्धि गरेको छु

87. यसै गरी चालु शिर्षकमै विभिन्न क्षमता विकास, गुरु योजना, डि.पी.आर निर्माण, पर्यटन , सरसफाई र समपुरक कोष शिर्षकमा आबश्यक रकम विनियोजन गरेको छु ।

 

88. यस क्षेत्रमा लोकसेवा जाँच दिने परिपाटीको सुरुवात गर्न दलित जनजाती, महिला, युवा तथा अन्य समुदायलाई लक्षित गरी लोक सेवा तयारी कक्षाका लागी रु 5 लाख विनियोजन गरेको छु ।

89. कानुनी परामर्श तथा न्यायीक समीतिका लागी रु 5 लाख विनियोजन गरेको छु ।

90. गाउँ पाश्र्वचित्र अध्यावधिक कार्यका लागी रु ५ लाख विनियोजन गरेको छु ।

91. विभिन्न नीति नियम, कार्यविधि निर्माणका लागी रु ५ लाख विनियोजन गरेको छु ।

92. होलेरी क्षेत्रमा संचार क्षेत्रमा क्षमता विकासका लागि संचार विकास कार्यक्रममा रु 5 लाख विनियोजन गरेको छु ।

93. सभाध्यक्ष महोदय, हामीले निती तथा कार्यक्रममा विभिन्न रणनैतिक योजना तथा कार्यक्रमहरु कार्यान्वयनका लागी पेश गरेका छौं । गाउँपालिका अन्तर्गत विषयगत शाखा संचालन हुने नमुना पकेटक्षेत्र कार्यक्रम, कृषकका लागि प्रविधि हस्तान्तरण कार्यक्रम, वोयर बोका श्रोतकेन्द्र स्थापना, स्थानीय जातको नमुना कुखुरा पालन फर्म , व्यवसायीक कालिज पालन लागाएताका कार्यक्रमहरु संचालनका लागि कृषि र पशुविकास शाखा अन्तर्गतबाट बजेट विनियोजन गरेको छु ।

94. करार खेती , चक्लावन्दी प्रोत्साहन, सफल कृषक सम्मान जस्ता कार्यक्रमहरु कृषि विकास शाखा मार्फत विनियोजन बजेट विनियोजन गरेको छु ।

95. यसैगरी रुन्टीगढी गौरवका आयोजनाहरु लागायत ठुला पूर्वाधारका योजनाहरुका लागी प्रदेश तथा संघीय समपुरक कार्यक्रमबाट रकम विनियोजन गरेको छु ।

96. उपाध्यक्ष सुन्य होम डेलिवरी, कार्यक्रमहरुको लागी बजेट विनियोजन गरेको छु ।

97. भिन्न क्षमता समान अवसर, महिलाका लागि सहारा, मर्यादा सामग्री वितरण लागाएतका कार्यक्रमहरुमा महिला, वालवालिका शाखामार्फत वजेट विनियोजन गरेको छु ।

 

98. सभाअध्यक्ष महोदय अन्तमा यो निती कार्यक्रम तथा बजेट तयारीमा अहोरात्र खट्नुहुने सबै जनप्रतिनिधिज्यूहरु, कर्मचारी मित्रहरु प्रत्यक्ष वा अप्रत्क्षरुपमा सहयोग गर्नुहुने राजनितीक दलका प्रमुख, नीजी क्षेत्रका प्रतिनिधि, संचारकर्मी मित्रहरु, स्थानीय नागरीक समाज तथा बुद्धिजीवी मित्रहरु,पूर्व जनप्रतिनिधिज्यूहरु , सुरक्षकर्मी लागाएत सबै तह र निकायका व्यक्तित्वहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

धन्यवाद, रुन्टीगढी गाउपालिका होलेरी रोल्पा

२०७ साल असार 09 गते

गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्बसम्मत पास
रोल्पाको रुन्टीगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट सर्बसम्मत पास गरेको छ ।शुक्रबार पालिकाको अध्यक्ष जनक पुनको अध्यक्षतामा बसेको दोस्रो गाउँसभाको पहिलो अधिवेशनले नीति, कार्यक्रम तथा बजेट सर्बसम्मत पास गरेको गाउँपालिकाले जनाएको छ ।

 

Facebook Comments